+
+

चार करोडको सेयर माग्दा एकैदिन १८ करोडको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १४ गते ११:०७

share-ipo१४ असार, काठमाडौं । दिब्येश्वरी हाइड्रोपावरले निष्काशन गरेको ४ करोड रुपैयाँको साधारण सेयरमा सोमबार एकैदिन १८ करोड २० लाख रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

कम्पनीले सोमबारदेखि आगामी बिहीबारसम्ममा लागि साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।

‘कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका जम्मा ३ करोड ९६ लाख रुपैयाँको सेयर खुलाएको हो, पहिलो दिन नै १८ करोड २० लाख रुपैयाँको आवेदन परेको छ,’ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका प्रमुख सञ्चालन अधिकृत रमेशकुमार महतले अनलाइनखबरसँग भने- ‘सेयर खुलेको पहिलो दिन नै मागभन्दा साढे चार गुणाले बढी आवेदन परेको हो ।’

पहिलो दिनको माग आवेदनको अवस्था हेरेर विश्लेषण गर्दा यो कम्पनीको सेयरमा पनि मागभन्दा २० गुणा बढीले आवेदन पर्ने संकेत देखिएको छ ।

कहाँ कहाँबाट पाइन्छ सेयर भर्न ?

एस क्यापिटलको काठमाडौ. स्थित कार्यालय, एस डेभलपमेन्ट बैंकका देशभर रहेका १२ वटै कार्यालयबाट सर्वसाधारणले सेयरको आवेदन फारम भर्न सकिने छ ।

त्यसैगरी, बिर्तामोडमा एक्सल डेभलपमेन्ट बैंक, पोखरामा गरिमा विकस बैंक, महेन्द्रनगरमा महाकाली विकास बैंक, इटहरी र बिराटनगरमा त्रिवेणी विकास बैंक, धनगढी र नेपालगञ्जमा मालिका विकास बैंक, बुटवलमा एभरेष्ट फाइनान्स गरी देशभरका २१ स्थानबाट सेयरका लागि आवेदन दिन सकिने एस क्यापिटलले जनाएको छ ।

कहाँ बन्दैछ हाइड्रोपावर ?

कम्पनीले पुर्वीपहाडी जिल्ला संखुवासभाको सभा खोलाबाट ४ मेगावाट विद्युत उत्पादन गर्दैछ । कम्पनीको चुक्ता पुँजी १९ करोड र अधिकृत पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ रहने अनुमान गरेको छ ।

२०६५ सालमा स्थापना भएको कम्पनी ०६९ सालदेखि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । क्याप्टेन दधी निरौला कम्पनीका अध्यक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?