+
+

मुखर्जीको नेपाल भ्रमणका लागि भारत सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १७ गते १५:५८

१७ असार, काठमाडौं । भारतले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका लागि सकारात्मक रहेको बताएको छ ।

pranab-mukherjeeभारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपाल भारतबीच उच्चस्तरको भ्रमण आदान प्रदानका लागि खुला रहेको बताए ।

मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मुखर्जीको नेपाल भ्रमणबारे सोधिएको थियो । जवाफमा स्वरुपले भने, ‘भ्रमणका लागि प्रस्ताव आयो भने हामी सकारात्मक छौं ।’

हालै मात्र परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग दुई देशका राष्ट्रपतिको भ्रमणबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?