+
+

माओवादीले म्याच फिक्सिङ गरेर आत्मघाती गोल गर्‍योः एमाले नेता पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २८ गते १५:१३

Shankar-Pokhrel

२८ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादीले म्याच फिक्सिङ गरेर अत्मघाती गोल गरेको टिप्पणी गरेका छन् ।

माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ र कांग्रेससँग मिलेर सरकार बनाउने तयारी थालेको छ ।

एमाले स्थायी समिति सदस्य पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै सरकारमै रहेर अर्को सरकार बनाउन माओवादीले प्रयास गरेको भन्दै त्यो म्याच फिक्सिङ भएको बताए । भने, ‘सरकारमा बसिरहने र आफ्नो पदीय फाइदाका लागि सौदाबाजी गर्नु म्याच फिक्सिङ हो ।’

आफ्नो पदीय फाइदाका लागि १६ बुँदे सहमतिसँगै सुरु भएको यात्रामा पूर्ण विराम लगाएको उनको आरोप छ । पोखरेलले भने, ‘सरकारमा बसेर अर्को सरकार बनाउन लाग्नु भनेको आत्मघाती गोल सरह हो ।’

पहिले सरकार छाडेर त्यसपछि अर्को सरकार बनाउन प्रयास गरेको हुनु पर्ने उनको तर्क थियो ।

उनले नयाँ सरकार गठनको प्रयाससँगै राष्ट्रिय स्वाधिनता थला नपरोस् भनेका छन् । केपी ओली सरकारले भारतको निर्देशन पालना नगरेर देशको पक्षमा अडान लिएको भन्दै उनले भने, ‘अब फेरि निर्देशन पालना गर्ने स्थिति आउन सक्छ ।’

सरकारले राम्रो काम गरिरहेको अवस्थामा ढाल्ने प्रयास भएको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको फेस गर्ने बताए । ‘कांग्रेस र माओवादी मिल्नासाथ बहुमत पुग्दैन’ उनले भने, ‘अविश्वासको प्रस्ताव राखे फेस गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?