काठमाडौंमा सम्पन्न ‘पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड’मा संगीतकार अर्जुन पोखरेलले डबल ह्याट्रिक गरेका छन् । उनको संगीत रहेको विभिन्न ६ वटा गीतले एउटै मञ्चमा अवार्ड पायो ।
पोखरेलले चलचित्र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु’वाट संगीतकारको अवार्ड पाए भने, सोही गीतवाट अन्जु पन्तले गायिकाको अवार्ड पाइन् । उनकै संगीत रहेको चलचित्र ‘प्रेमगीत’को ‘म त अलपत्र पर्छु’वाट सत्यराज आचार्यले गायकको अवार्ड पाए भने, सोही गीतवाट डा.कृष्णहरि बरालले गीतकारको अवार्ड पाएका थिए ।
पप गायन महिलामा दुर्गा खरेलले ‘काले काले केटाले’वाट अवार्ड पाइन्, जुन गीतमा संगीत पोखरेलकै थियो । ‘वर्षको पपुलर गीत’ तर्फ प्रमोद खरेलले ‘ओई झुमा झुम्कावाली’वाट अवार्ड पाए । यसमा पनि संगीत पोखरेलकै छ ।
एउटै मञ्चमा यति धेरै अवार्ड पाएपछि जिम्मेवारी बढेको महसुस गरेका पोखरेलले आगामी दिनमा चुनौती थपिएको बताए । ४१ चलचित्रमा संगीत दिएका पोखरेलले २५० भन्दा बढी गीतमा संगीत दिएका छन् । सन्तोष सेनको ‘प्रेमगीत-२, छबीराज ओझाको हिफाजत-२, ऋषि लामिछानेको उजेली, शुसील पोखरेलको राधे, रमेश उप्रेतीको ऐश्वर्या’ र नवल नेपालको नयाँ फिल्मका लागि अहिले संगीत गरिरहेका छन् ।
अर्जुन अहिलेका सर्वाधिक चर्चित र व्यस्त संगीतकार हुन् । अवार्ड र चर्चाको मामालामा उनले अन्य संगीतकारलाई उछिनेका छन् ।
प्रतिक्रिया 4