९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काऊ फुकाइरहनुपर्ने आवश्यकता नभएको बताएका छन् । तर, सरकारले बाधा अड्काऊ फुकाएर सरकारले झनै सहज बनाइदिएको देउवाको टिप्पणी छ ।
व्यवस्थापिका संसदमा आइतबार अपरान्ह सम्वोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री देउवाले बाधा अड्काऊको प्रशंग सुरुमै उल्लेख गरे । सरकारले राष्ट्रपतिसमक्ष बाधा अड्काऊ फुकाउने सिफारिस गरेकोमा आफूहरुलाई कुनै आपत्ति नरहेको बताए ।
यसअघि माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईहरुलाई प्रधानमन्त्री बनाउँदा बाधा अड्काउ फुकाउनु नपरेको देउवाले बताए । उनले बहुमतको सरकार बन्ने कुरा लेखिइरहनु नै नपर्ने स्पष्ट पारे ।
उनी अहिले संसदलाई सम्वोधन गरिरहेका छन् । देउवापछि प्रधानमन्त्री केपी ओलीले संसदलाई जवाफ दिने पालो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4