+
+

‘वीर विक्रम’लाई राजेश हमालको साथ

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १२ गते १०:४८

milan chams and rajesh hamalचलचित्र ‘हँसिया’मा निर्देशक मिलन चाम्सले नायक राजेश हमाललाई लिएर काम गरेका थिए । यसपछि हमाल र चाम्सको बोन्डिङ गजबले देखिएको छ । हुनत, मिलनले निर्देशन गरेको दोश्रो चलचित्र ‘वीर विक्रम’मा राजेश हमाल छैनन् । तर, उनले यो चलचित्रको प्रचारमा भने साथ दिएका छन् ।

अमेरिका जानु अगाडि नायक हमालले यो चलचित्र हेर्न आफ्ना फ्यान र दर्शकलाई आग्रह गरेका छन् । हमालले आफूलाई मनपर्ने निर्देशक मिलन चाम्सले बनाएको चलचित्र ‘वीर विक्रम’ हेर्न आग्रह गर्दै दर्शकलाई मनोरञ्जन लिन भनेका छन् ।

चलचित्रका कलाकारले प्रचारमा साथ नदिएको भन्दै गुनासो गरिरहेका निर्देशक चाम्सले हमालको साथले उत्साहित भएको बताए । दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही र दीया पुन चलचित्रका मुख्य कलाकार हुन् । विदेशमा गरिएको शोबाट उत्साहजनक प्रतिक्रिया पाएको यो चलचित्र भदौ ३ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?