+
+

ताप्लेजुङमा साउन अन्तिमसम्म रोपाइ

रविन भट्टराई रविन भट्टराई
२०७३ साउन १७ गते ९:१४

Ropai taplejung१७ साउन, ताप्लेजुङं । ताप्लेजुङमा यस वर्ष साउन अन्त्य सम्मनै धान रोपाइ हुने देखिएको छ ।

पर्‍याप्त पानी परेको र अझै केहि स्थानमा रोपाइ गर्न बाँकि रहेकाले जिल्लाको तल्लो क्षेत्रमा साउन अन्त्य सम्मनै रोपाई हुने देखिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिचाईको सुविधा भएको स्थान र जिल्लाको माथिल्लो क्षेत्रमा रोपाई सकिएको भए पनि आकासे पानीको भर पर्नुपर्ने बेसि क्षेत्रमा यो वर्ष ढिला गरी रोपाई सकिने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्रबहादुर प्रधानले बताए ।

अहिले सम्म ताप्लेजुङमा ८१ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । गत वर्ष यो अबधिमा ताप्लेजुङमा ७२ प्रतिसत मात्र रोपाई भएको थियो । पर्‍याप्त वर्षााका कारण यो वर्ष जिल्लामा सत प्रतिसत क्षेत्रमा रोपाइ हुने सम्भावना रहेको र धान खेतीमा रोग किराको संक्रमण नभए धान उत्पादन समेत बढ्ने संभावना रहेको प्रमुख प्रधानको भनाई छ ।

ताप्लेजुङमा ८ हजार ७ सय ६२ हजेक्टर क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?