+
+

सिमांकन विवादरहित बनाउने झापाली नेताहरुको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते १४:४४

sambad final

३ भदौ, बिर्तामोड । झापाका विभिन्न राजनीतिक दलका युवा नेता तथा सामाजिक संस्थाका प्रतिनिधिहरुले स्थानीय तहको पुनर्संरचना कार्य विवादरहित ढंगले अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्वाद समूह सचिवालय झापाको सहयोगमा बिर्तामोडमा शुक्रबार भएको युवा नेतासँगको छलफलमा उनीहरुले जनताको न्यायोचित पहुँच पुर्‍याउने कार्यमा सम्बद्धपक्षको ध्यानाकर्षण गराउँदै पुनर्संरचना कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले आफ्ना मातृ पार्टीलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर स्थानीय तहको पुनसर्ंरचनामा भूमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन् ।

‘हामी राजनीतिक स्वार्थभन्दा माथि उठेर स्थानीय तहको पुनर्संरचनामा सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछौं,’ छलफलमा सहभागी युवा नेताहरुले भने, ‘राजनीनिक दलहरुलाई दलीय स्वार्थभन्दा माथि उठेर जनताको हकअधिकार र सेवा-सुविधालाई प्राथमिकता दिन आग्रह गर्दछौं ।’

संविधानको प्रभावकारी कार्यान्वयनका लागि असन्तुष्ट पक्षका मुद्दालाई सही ढंगले तत्काल सम्बोधन गर्न पनि उनीहरुले सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । स्थानीय तह पुनसर्ंरचनाका लागि तोकिएको समय साउन मसान्त काम पुरा नभै गुजि्रएपछि सरकारले दुई साताको समय थप गरेको छ ।

आयोगले झापाको लागि दश वटा गाउँपालिका तथा नगरपालिकाको संख्या तोकेपनि मिश्रति प्रतिक्रिया आएको छ । अधिकांशले संख्या धेरै बनाउनु पर्छ भनिरहेका बेला युवा नेताले भने संख्या जति कम भयो, त्यति अधिकार र सुविधा उपलब्ध हुने धारणा राखे ।

छलफलमा तरुण दलका नेताहरु भेषराज भण्डारी, सजेश शिवाकोटी, युवा संघ नेपालका जिल्ला अध्यक्ष त्रिलोचन सापकोटा, सदस्य सुमन दाहाल, अनेरास्वयुका पूर्व अध्यक्ष नविन ढुंगाना, वाइसीएल झापाका अध्यक्ष कर्म पुलामी मगर लगायत सहभागी थिए ।

उनीहरुले विवादरहित ढंगले स्थानीय तहको पुनर्संरचनामा सघाउने प्रतिबद्धता व्यक्त गर्दै आयोगलाई स्वतन्त्ररुपले काम गर्न दिनुपर्ने धारणा समेत राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?