+
+

भैरहवा एयरपोर्टको रन-वेमा विमानसँग स्याल ठोक्कियो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १७ गते १९:४६

१७ भदौ, काठमाडौं । भैरहवा विमानस्थलमा बुद्ध एयरको विमान अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

jackal
फाइल फोटो

५ बजेर १० महिनेटमा काठमाडौंबाट उडेको विमानमा अवतरण गर्दागर्दै रन-वेमा स्यालसँग ठोक्किएको हो । अपरान्ह ५.४५ बजे भएको घटनामा सौभाग्यवस कुनै मानवीय क्षति भएन ।

चालक भगवान थापाले सुझबुझपूर्ण रुपमा अवतरण पुरा गराएका थिए । रन-वेमा आएको स्याल बिमानसँग ठोक्किँदा किचिएर मरेको छ ।

४५ जना यात्रु लिएर भैरहवा पुगेको विमानमा पनि कुनै क्षति नपुगेको कम्पनीले बुद्ध एयरले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल वरपरका झाडी सफा नगर्दा भैरहवा विमानस्थलमा यस्ता जंगली जनावर र पंक्षी रन-वे वरपर आउने क्रम बढेको छ ।

सावधानी नअपनाए ठूलो दुर्घटना हुन सक्ने भन्दै एयरलाइन्सहरुले विमानस्थल प्रशासनसँग वरपरको झाडी हटाएर सफाइ गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?