+
+

नम्रता र दयाहाङ उत्कृष्ट नायक–नायिका, रेखा र अनमोल ‘पपुलर एक्टर’

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते ७:२६

namrata shrestha got award
नेपालमा यतिबेला अवार्डको मौसम चलेको छ । विभिन्न नाममा अवार्ड आयोजना गर्ने मौसम चल्दा यस बिषयमा चर्को आलोचना र टिप्पणी पनि चलिरहेका छन् । नेपालमा आयोजना हुने अवार्ड समारोहमा कलाकारको उपस्थिती कमजोर बन्नु, ‘राम्रालाई भन्दा हाम्रालाई’ अवार्ड दिनु लगायतका कारणले अवार्डप्रतिको मोह कमजोर बन्दै गएको छ । तर, पनि विभिन्न संघसंस्था र व्यक्तिहरु अवार्ड आयोजना गर्न तम्सिरहेका छन् ।

काठमाण्डौमा वुधबार नयाँ नाममा एक अवार्ड आयोजना भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना भएको पहिलो ‘एलजी फिल्म अवार्ड’ करिब ३ घन्टा चलेको थियो । सिनेमा सर्कल नेपालले आयोजना गरेको यो अवार्ड कार्यक्रममा उत्कृष्ट नायकतर्फ चलचित्र ‘कबड्डी कबड्डी’बाट दयाहाङ राई र उत्कृष्ट नायिकाको विधामा ‘क्लासिक’बाट नम्रता श्रेष्ठले अवार्ड चुमेका थिए ।

केही फरक र रोचक विधा समेत समावेश गरिएको अवार्ड समारोहमा उप–राष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथीको रुपमा उपस्थित थिए । यस्तै, बलिउड चलचित्र नगरीका सफल कलाकार शत्रुघन सिन्हा अवार्डका विशेष अतिथी थिए । कार्यक्रममा सिन्हाको बायोग्राफी पुस्तक ‘एनिथिङ बट खामुस’को नेपाल सार्वजनिक पनि गरिएको थियो । surkhe thaili got award

कार्यक्रममा ४० बर्षदेखि नेपाली चलचित्रमा कला संयोजकको रुपमा काम गर्दै आएका उद्धवराज भट्टराइलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । नगद ५१ हजार सहित उनलाई यो सम्मान दिइएको हो । lg award winner

कलाकारहरुको कमजोर उपस्थिती रहेको अवार्ड समारोहमा नायिका करिश्मा मानन्धरलाई ‘दशककी नायिका’को अवार्ड प्रदान गरियो । चलचित्र ‘वडा नम्बर ६’मा समावेश ‘सुर्के थैली खै’ बोलको गीतले ‘पपुलर सङ अफ द इयर’को अवार्ड प्राप्त ग¥यो । गतबर्षको ‘पपुलर एक्टर (मेल)’को अवार्ड नायक अनमोल केसीले प्राप्त गरे भने नायिका रेखा थापालई ‘पपुलर एक्टर(फिमेल)’को अवार्ड प्रदान गरियो । दुबै कलाकार अवार्ड लिनका लागि उपस्थित थिएनन् । susma karki dance
यस्तै, ‘प्रेमगीत’ चलचित्रका जोडी प्रदिप खड्का र पूजा शर्मालाई ‘वेष्ट अन–स्क्रिन कप्पल अफ द इयर’को अवार्ड प्रदान गरियो । कुल २३ विधामा प्रदान गरिएको अवार्ड र विजेता चलचित्र र चलचित्रको नाम यसप्रकार छ:

उत्कृष्ट चलचित्रः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल (पशुपतिप्रसाद)
उत्कृष्ट नायकः दयाहाङ राई (कबड्डी कबड्डी)
उत्कृष्ट नायिकाः नम्रता श्रेष्ठ(क्लासिक)
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट पटकथाः खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान ,सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्टः अनन्त घिमिरे (क्लासिक),
उत्कृष्ट भिएफएक्सः अक्की शर्मा, सत्यम राना (च्याम्पियनं)
उत्कृष्ट स्टन्टः सिम्पसन तामाङ (भैरव)
उत्कृष्ट ट्रेलरः साहिल खान (भैरव)
उत्कृष्ट पोस्टरः सुन्दर श्रेष्ठ (वडा नम्बर ६)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?