वुधबार आयोजना भएको ‘एल जी फिल्मी अवार्ड’मा ‘वेष्ट स्त्रिmन कप्पल अफ द इयर’को अवार्ड चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदिप खड्का र नायिका पूजा शर्माले हात पारे । सबैलाई थाहा छ कि, चलचित्रमा एकसाथ काम गरेका यी दुइको सम्बन्ध अहिले ३६ को आँकडामा छ । प्रदिप र पूजा बोलचाल समेत गर्दैनन् ।
वुधबार जब यी दुइलाई पर्दाका सफल जोडी भनेर अवार्ड प्रदान गरियो, प्रदिप असहज देखिएका थिए । उनले भलै रमाइलो मै भएपनि यदि यो अवार्ड आफूहरुले पाएको खण्डमा आफ्नो ‘अवार्डप्रतिको विश्वास नै गुम्ने’ बताइरहेका थिए । प्रदिपले यो कुरा कैयौ पटक भनेका थिए । प्रदिप यो अवार्ड आफ्नो पोल्टामा नआओस् भन्ने चाहन्थे ।
तर, अवार्डको घोषणा नायक खड्काको सोचाई विरुद्धमा भयो । नाम घोषणा गर्ने वित्तिकै प्रदिप एक्लै स्टेजमा गए । उनले पूजालाई कुर्ने चेष्टा गरेनन् । जोडीको अवार्ड पाउँदा नायक-नायिका एकसाथ स्टेजमा जानुपर्ने हो ।
तर, प्रदिप स्टेजमा गएर अवार्ड थापे । अवार्ड थाप्दा पनि उनले पूजालाई कुर्ने प्रयास गरेनन् । पूजा निर्माता सन्तोष सेनसँग अंकमाल गर्दै स्टेजमा पुगिन् । प्रदिपले पूजालाई स्टेजमा वास्ता नगरेको तस्बिरबाट पनि पुष्टी हुन्छ । ‘प्रेमगीत’ रिलिजसँगै निर्माता सन्तोष सेन र नायक प्रदिप खड्का एकातिर, नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापा अर्कोतिर भएका थिए । जसकाकारण, सन्तोषले चलचित्र ‘प्रेमगीत २’मा प्रदिपलाई मात्र दोहोर्याउादा सुदर्शन र पूजालाई लिएनन् ।
के अब प्रदिपको ‘अवार्ड प्रतिको विश्वास नै गुमेको हो त’ ?
प्रतिक्रिया 4