+
+

सुनचाँदी व्यवसायीको महाधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते ११:२१

Nepal-Sun-Chadi२३ भदौ, काठमाडौं  । यही भदौ २४ गते हुने भनिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित गरिएको छ । महाधिवेशनको नयाँ मिति आउँदो कात्तिक २६ र २७ गते तय गरिएको छ ।

केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले महाधिवेशन स्थगित भएको हो ।

करिब ५० जिल्लामा सञ्जाल रहेको महासङ्घको महाधिवेशन आउँदो कात्तिक २६ र २७ गते काठमाडौँमा हुने गरी निर्णय गरिएको महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।

देशभरका सुनचाँदी व्यवसायीको हकहित तथा अधिकार संरक्षणका लागि क्रियाशील महासङ्घको अधिवेशनमा देशभरबाट करिब ५०० प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?