+
+

निजी लगानीमा मुटु अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते १८:४७

Gautam-Buddha-International Cardiac Hospital

काठमाडौं । निजी क्षेत्रको लगानीमा राजधानीमा पहिलो हृदय रोग अस्पताल ‘गौतम बुद्ध इन्टरनेसनल कार्डियाक हस्पिटल’ सञ्चालनमा आएको छ । अस्पतालले बौद्ध परम्पराअनुसार महापरित्राण पाठ गराएर आइतबारदेखि आफ्नो सेवा आरम्भ गरेको छ ।

करिब पाँच करोड रुपैयाँ लगानीमा काठमाडौं-३५ फुलबारीमा स्थापाना भएको १५ शैयाको उक्त अस्पतालले सरकारी सरहकै शुल्कमा सेवा दिने जनाएको छ ।

अस्पतालमा ईसीजी, इको, टीएमटी, होल्टर, एबीपीए, ईईसीपी, एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर, भल्भ रिप्लेन्समेन्ट, बाइपास सर्जरीलगायत सेवा उपलब्ध गराइने डा. विकास सुवेदीले जानकारी दिए ।

डा. सुवेदीका अनुसार अस्पतालले विद्यालयसम्म पुगेर बाथ, मुटुरोग तथा सर्वसाधारणको मुटु जाँचको सेवा समेत उपलब्ध गराउनेछ ।

अस्पतालमा मुटुरोग विशेषज्ञ डा. विकास सुवेदी, डा. अनवर खान, डा. नवीन श्रेष्ठको लगानी छ । त्यस्तै, स्थानीय रामेश्वर सुवेदी, विना सुवेदी, राजेश सुवेदी, अभिषेक सुवेदी र पवन केसीको समेत लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?