गायिका मिलन अमात्यको फिगर अहिले बदलिएको छ । मिलन अहिले स्लिम बनेकी छिन् र म्यूजिक भिडियोमा मोडल पनि बनिसकेकी छिन् ।
मिलन अमात्यलाई करिब १३ केजी घट्न ६ महिना लाग्यो ।
के भिडियोमा खेल्नकै लागि घट्नु भएको हो त भन्ने प्रश्नमा उनले भनिन्-‘म मोडलिङ गर्नकै लागि मात्र घटेकी होइन । फिट रहनुपर्छ भन्ने लाग्यो । फिट भएपछि पहिरन पनि सुहाउने रहेछ ।’
तौल घटाउनका लागि के-के गर्नुभयो भन्ने प्रश्नमा अहिलेकी चर्चित पाश्र्व गायिकाले भनिन्-‘योगा, खानामा बढी ध्यान दिएँ । जीम वा क्लब कतै पनि गइनँ । क्यालोरी हेरेर खाने कुरा खाने गरेकी छु ।’
एक म्यूजिक भिडियोमा आफै मोडलिङ गरेकी मिलनले आफू प्रोफेसनल रुपमा मोडलिङमा नलाग्ने बताइन् । तर, सानैदेखि नृत्य पनि गर्ने रुची भएकाले आफ्नै गीतमा मोडलिङ गर्ने इच्छा पुरा गरेको उनले सुनाइन् ।
आउँदो दिनमा आफू फिट हुने गीत भएको खण्डमा मोडलिङ पनि गर्ने उनको योजना छ ।
तस्विरः श्रीधर पाैडेल
प्रतिक्रिया 4