१९ असोज, धनगढी । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनशनरत प्राध्यापक डा. गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्नसांसदहरुसँग आग्रह गरेका छन् ।
धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनशनमानबसिदिन आग्रह गरेको स्मरण गराए । उनले भने, त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनशनअन्त्य हुनसक्छ ।‘
सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने मन्त्री थापाले प्रष्ट पारे ।
तर, केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको उनको भनाइ छ । ‘यो विषयमा छलफल चलाउनुपर्छ भनेरआफूले संसदमा बोलेको हो, तर, आज फरक क्षमतामा छु, कांग्रेस संसद समेत रहेका मन्त्री थापाले भने । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4