+
+

कविताः दशैं एक रंग अनेक

जगन कार्की जगन कार्की
२०७३ असोज २२ गते १६:०१

अबोध पशुहरुको  काल बनि,
ब्यापारीहरुको मालामाल बनि,
केटाकेटीको नयाँ नाना बनि,
कलाकारका मिठा  गाना बनि,
जुवाडेको चौका दाउ बनि ,
बजारको महँगो भाउ बनि,
जड्याहाको राम्रो  बहाना बनि,
नेताका चियापान लहना  बनि ,
किशानका धानको बाली  बनि,
केटाकेटीको खुशी चंगा बनि
ठुलाको आशिष, उमङ्ग बनि

jagan karkiमजदुरका थाप्लाको भारी बनि ,
कर्मचारीको दशैँको भत्ता बनी,
भ्रस्ट,कालाबजारीहरुको सहि सत्ता बनि,
बिद्यार्थीको लामो छुट्टि बनि ,
घरका भित्ताहरुको नया रंग बनि,
परदेशीको मनमा दुख़ बनि,
बिछोडिएकाको आँसुका धारा बनि ,
मिलनमा  खुशीको  संगम  बनि,

चामलका राता रंग बनि
जमराका पहेला अंग  बनि
धनिका घरमा दौलत, सान  बनि ,
गरिबका घरमा ऋण, अपमान  बनि,

कतै अवसर , कतै चुनौती,
कतै भाव कतै अभाव बन्दै ,
कतै आसु कतै  खुशी,
कतै  सुख कतै पिडा बन्दै,

एक वर्ष बितेको  पत्तो नपाइ,
सुटुक्क, फेरी आइपुग्यो  दशैं,
क्यालेन्डरमा एक  अंक फेरेर
जे जस्तो भएपनि मान्नै पर्ने साइत लिएर ।

इटहरा मोरंग (हाल – लन्डन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?