अबोध पशुहरुको काल बनि,
ब्यापारीहरुको मालामाल बनि,
केटाकेटीको नयाँ नाना बनि,
कलाकारका मिठा गाना बनि,
जुवाडेको चौका दाउ बनि ,
बजारको महँगो भाउ बनि,
जड्याहाको राम्रो बहाना बनि,
नेताका चियापान लहना बनि ,
किशानका धानको बाली बनि,
केटाकेटीको खुशी चंगा बनि
ठुलाको आशिष, उमङ्ग बनि
मजदुरका थाप्लाको भारी बनि ,
कर्मचारीको दशैँको भत्ता बनी,
भ्रस्ट,कालाबजारीहरुको सहि सत्ता बनि,
बिद्यार्थीको लामो छुट्टि बनि ,
घरका भित्ताहरुको नया रंग बनि,
परदेशीको मनमा दुख़ बनि,
बिछोडिएकाको आँसुका धारा बनि ,
मिलनमा खुशीको संगम बनि,
चामलका राता रंग बनि
जमराका पहेला अंग बनि
धनिका घरमा दौलत, सान बनि ,
गरिबका घरमा ऋण, अपमान बनि,
कतै अवसर , कतै चुनौती,
कतै भाव कतै अभाव बन्दै ,
कतै आसु कतै खुशी,
कतै सुख कतै पिडा बन्दै,
एक वर्ष बितेको पत्तो नपाइ,
सुटुक्क, फेरी आइपुग्यो दशैं,
क्यालेन्डरमा एक अंक फेरेर
जे जस्तो भएपनि मान्नै पर्ने साइत लिएर ।
इटहरा मोरंग (हाल – लन्डन )
प्रतिक्रिया 4