३ कात्तिक, काठमाडौं । संविधान जारी भएको एक वर्षपछि महाअभियोग सिफारिस समिति बनेको छ । व्यवस्थापिका संसदको बुधबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा को-को ?
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दीपक कुँइकेल र कुमारी लक्ष्मी राई सदस्य रहेका छन् ।
एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् भने माओवादीबाट अमनलाल मोदी र रामनारायण बिडारी छन् ।
यस्तै राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी सिफारिस समितिमा छन् ।
संसद बैठक अघि सभामुख ओनसरी घर्तीले बोलाएको सचेतकहरुको बैठकले राप्रपा नेपालको प्रतिनिधिको नाम छुटेको थियो । तर, राप्रपा नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गर्ने चेतावनी दिएपछि नाम थप गरिएको छ ।
संविधानको धारा १०१ मा महाअभियोग सम्बन्धी व्यवस्था छ । सोही धाराको उपधारा ३ र ४ मा महाअभियोग सिफारिस समिति गठन सम्बन्धी व्यवस्था छ ।
प्रतिक्रिया 4