+
+

हराए भोटे कुकुर, भित्रिन थाले लाखौंका विदेशी कुकुर

कुन कुकुरको भाउ कति ? एउटै कुकुरको मूल्य डेढ लाख !

उत्तम काप्री उत्तम काप्री
२०७३ कात्तिक १३ गते १८:१९

dog-tihar१३ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन कुकुरलाई  यमदुतका रुपमा पूजा गरिन्छ । विगत दुई दशक अघिसम्म कुकुरलाई गाउँटोलमा घुम्ने जनावर मात्रै ठान्ने गरिन्थ्यो । तर, अचेल एउटा कुुकुरको भाऊ लाखौं रुपैयाँ पर्न थालेको छ ।

उपत्यकामा अहिले सस्तोमा ४५ सयदेखि मंहगोमा डेढ लाख रुपैयाँ सम्मका कुकुर किन्न पाइन्छ । संसारको सबैभन्दा महँगो कुकुर भने टिबेटन मास्टिफ हो । नेपालमा यसको मूल्य १ लाखदेखि डेढ लाख रुपैयाँसम्म पर्छ ।

अहिले राजधानीमा वैधानिकरुपमा ७५ वटाभन्दा धेरै केनल क्लबमार्फत् कुकुरहरुको व्यापार हुँदै आएको छ । पछिल्लो समय राजधानीमा मात्रै केन्द्रीत रहेको कुकुर व्यापार अहिले नेपालका अन्य मुख्य शहरहरुमा पनि सुरु भइसकेको छ ।

dog-tihar3उपत्यका बाहिर धरानमा दुईवटा, पोखरामा चारवटा, झापामा एउटा, बुटवलमा तीनवटा र चितवनमा दुईवटा गरी देशभरि ३० भन्दा बढी केनलहरु मार्फत कुकुरको व्यापार भइरहेको छ ।  पछिल्लो समयमा सस्तो प्रजातिका कुकुरहरु नेपालमै उत्पादन समेत भइरहेका छन् ।

विशेषतः नेपालमा भारत, चीन, थाइल्याण्ड लगायतका देशबाट कुकुर आयात  गरिँदै आएको नमस्ते भेट अनामनगरका सञ्चालक रेशमराज पोखरेलले जानकारी दिए ।

नेपालमा विदेशी जातको कुकुर पाल्नेहरुको संख्या बढेसँगै लोकल जातको भोटे कुकुर भने लोप हुने अवस्थामा पुगेको उनको तर्क छ ।

कुकुर पाल्नेको संख्या बढेसँगै यसको व्यापार पनि सानो अंकमा छैन । यस्ता विदेशी कुकुरका लागि आवश्यक दाना पनि नेपालमा उत्पादन हुन नसक्दा विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्था छ ।

dog-tihar2हुन त नेपालमै पनि कुकुरका लागि दानाको उत्पादन हुन्छ । तर, ग्राहकले मन नपराउँदा विदेशबाट दाना आयात गनुपर्ने अवस्था रहेको व्यापारीहरु बताउँछन् ।

नेपाली भोटे कुकुर तिब्बत तथा चीनका अन्य भागमा लोकपि्रय  छ । हामीले यो पेशालाई थप व्यवस्थित बनाउने हो भने चीनमा मात्रै करोडौं रुपैयाँ बराबरका कुकुरहरु निर्यात गर्न सकिने व्यवसायीहरू बताउँछन् ।

नेपालमा पालिने र किनबेच हुने केही कुकुरहरु यस्ता छन् 

१ टिबेटिएन म्यास्टिफ

Dogs Gods

यो विश्वको सबैभन्दा महंगो जातको कुकुरमध्ये यो एक हो । यो कुकुरको उत्पति चीनमा भएको हो । यो कुकुर नेपालमा वाषिर्क  २० वटासम्म बिक्री हुन्छ ।  यसको नेपालमा १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।

२ ब्लु हाउण्ड

DSC_0127वेलायतमा जन्म भएको यो कुकुरको नेपालमा भने चीन, थाइल्याण्ड र भारतबाट आयात गरिन्छ । यो मध्यमखालको कुकुर हो ।  यसको मूल्य सामान्यतः १ लाख देखि १ लाख २० हजार रुपैयाँ सम्म पर्ने व्यापारीहरु बताउँछन । यो जातको कुकुर वर्षमा १० देखि १५ वटा सम्म व्यापार हुने गरेको छ ।

३. सेन्ट-बेनार्ड

SONY DSC

यो विश्वको सबैभन्दा ठूलो जातको कुकुर हो । यसको उत्पत्ति स्वीट्जरल्याण्डमा भएको हो । नेपाली बजारमा यसको मूल्य  ३०  हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्छ ।

४. ल्याब्राडोर

Pretty please

यो जातको कुकुरको उत्पत्ति ग्रेट बि्रटेनमा भएको हो । यो कुकुर नेपालमा यस जातको कुकुर वाषिर्क १ हजार देखि १२  सय वटासम्म व्यापार हुन्छ । यसको मूल्य नेपालमा १० हजार देखि १४ हजार रुपैयाँसम्म  पर्छ ।

५. पग

pugयो कुकुर  पनि नेपालमा सबैभन्दा बढी बिक्री हुने जात अन्तर्गतको कुकुर हो । यसको उत्पत्ति  चीनमा भएको हो । नेपालमा यसको मूल्य १५ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म पर्छ ।

६. बक्सर

Boxer dog portraitग्रेट बि्रटेनमा उत्पत्ति भएको यो जातको कुकुर नेपालमा पनि लोकपि्रय हुँदै गएको छ । यो कुकुर नेपालमा १४ हजार रुपैयाँ देखि १६ हजार रुपैयाँसम्ममा किन्न पाइन्छ ।

७. रटवेलर

rottweilrयो जातको कुकुरको उत्पत्ति जर्मनीमा भएको हो । यो कुकुर पनि मंहगो कुकुरअन्तर्गतको वर्गमा पर्छ । यो कुकुर नेपालमा ४५ हजार देखि ६५ हजार रुपैयाँमा किन्न पाइन्छ ।

८. हस्की

huskyयो जातको कुकुरका उत्पत्ति थाइल्याण्डमा भएको हो । यसको मूल्य नेपालमा १ लाखदेखि १ लाख ६० हजार रुपैयाँसम्म पर्छ । यो कुकुर पनि नेपालमा बढी मनपराइने वर्गमा पर्छ ।

९. ग्रेट डेन

great-dane-dogयो कुकुरको उत्पत्ति जर्मनीमा भएको हो । नेपालमा भने यो जातको कुकुर भारत र थाइल्या बाट आयात गरिन्छ । यसको मूल्य ३० हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ ।

१०. चिहावा

यो जातको कुकुरको उत्पत्ति चीनमा भएको हो । तर,  अहिले यसको उत्पादन नेपालमा पनि हुन्छ ।  नेपालमै उत्पादन गरिएको यो कुकुरको मूल्य ३० देखि ३५ हजार रुपैयाँ पर्छ । भारतबाट आयात गरिएको कुकुरको भने ६० हजार रुपैयाँसम्म पर्छ ।

११. डाल्मासियन

यो कुकुरको उत्पत्ति वेलायतमा भएको हो । यो मध्यमखालको कुकुर हो । यसको मूल्य १० हजारदेखि १४ हजार रुपैयाँसम्म पर्छ । यसको व्यापार वाषिर्क ५ सय देखि ७ सय वटासम्म हुने गरेको छ ।

१२. जापानिज स्पीट्ज

japanese-spitzयो कुकुरको उत्पत्ति जापानमा भएको हो । यो कुकुर नेपालमा वाषिर्क १५ सयको हाराहारीमा बिक्री हुने गरेको छ । यो सबैभन्दा सस्तो जातको कुकुर हो । यसको मूल्य ४५ सय देखि ५५ सय रुपैयाँ पर्छ ।

१३. फ्रेन्च म्यास्टिफ
यो कुकुरको उत्पत्ति फ्रान्समा भएको हो । नेपालमा भने यो कुकुर पनि भारतबाट पनि आयात गरिन्छ । तर, पछिल्लो समयमा भने  नेपालमा  पनि उत्पादन हुने गरेको छ यसको माल्चो -घाँटीको मासु) अलि बढी झुन्डिएको हुन्छ ।

यसको मूल्य सरदर ९० हजार रुपैयाँसम्म पर्छ । यी महंगा जातका कुकुर नेपालमा वाषिर्क सरदर १ सय ५० देखि २ सय वटासम्म विक्री हुने गरेको छ ।

१४. जर्मन सेर्फड

german-shepherdयो कुकुरको उत्पत्ति जर्मनीमा भएको हो । यो कुकुर दुईथरीका हुन्छन्, छोटो रौं भएको र लामो रौं भएको । यसको मूल्य ८ हजार ५ सय देखि १४ हजार रुपैयाँसम्म पर्छ ।

१५. लाहृसा यप्सो

यो कुकुरको उत्पत्ति तिब्बतमा भएको हो । यो मध्यमखालको कुकुर हो । यसको मूल्य ७ हजार ५ सयदेखि ९ हजार ५ सय रुपैयाँ पर्छ ।

१६. कोकर  स्पानियल

koker-spanjialयो कुकुरको उत्पत्ति बेलायतमा भएको हो । यसको रौं भुईं नै छुने गरी लामो हुन्छ । यो कुकुर ४ रंगमा पाइन्छ ।  यसको मूल्य ७५ सयदेखि ९ हजार रुपैयाँ पर्छ । यसको वाषिर्क व्यापार ९ सय वटाको हाराहारीमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?