+
+

भारतीय राष्ट्रपति मुखर्जीलाई काठमाडौं महानगरको साँचो उपहार !

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते १३:३५

pranab-mukherjee

१८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई आज साँझ काठमाडौंमा नागरिक अभिनन्दन गरिँदैछ ।

काठमाडौं महानगरपालिकाले महानगरबासीका तर्फबाट भारतीय राष्ट्रपति मुखर्जीलाई अभिनन्दन गर्न लागेको हो । कार्यक्रमका लागि राष्ट्रिय सभागृहलाई सजाइएको छ, जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुखर्जीलाई सम्मान गरिनेछ ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गरिनेछ । ‘यो शहर तपाईंको स्वागतका लागि सधैं तयार छ भन्ने भावसहित साँचो हस्तान्तरण गरिने छ,’ तामाङले अनलाइनखबरसँग भने, ‘अभिनन्दन कार्यक्रमलाई भव्य बनाउन हामीले तयारी लगभग सकाएका छौं ।’

मित्रराष्ट्रका राष्ट्रप्रमुख आउँदा नगरको साँचो हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई अनुसरण गरिएको तामाङले बताए । मुखर्जीलाई नेपाली भाषामा तयार पारिएको अभिनन्दनपत्रले सम्मान प्रदान गर्ने कार्यक्रम छ ।

जनकपुरमा भने मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी तीन भाषामा तयार पारिएको अभिनन्दन पत्रले सम्मान गर्ने कार्यक्रम छ । भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार जनकपुर र पोखरा भ्रमणमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?