+
+

कुलेखानीमा टाटा सुमो दुर्घटना, एकको मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १४ गते १८:२९
tata-sumo-accident-at-kulekhani-hetauda
दुर्घटनाग्रस्त टाटासुमो । तस्वीर: सन्तोष ढुंगाना

१४ मंसिर, मकवानपुर । मकवानपुरको कुलेखानी-६ हेभी भन्ने स्थानमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित नौ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २९५८ नम्बरको टाटा सुमो मंगलबार अपरान्ह मदन भण्डारी मार्गबाट करिब ५० मिटर तल खसेको थियो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेहरुमध्ये एक बच्चासहित दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनाको कारण नखुलेको र चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?