+
+

कालिकोटमा जनता आवास कार्यक्रम अन्तर्गत एक सय ४० घर बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १ गते १५:०६

१ पुस, कालिकोट । जनता आवास कार्यक्रम अन्तर्गत कालिकोटका १० गाविसमा १४० वटा घर निर्माण हुने भएका छन् ।

Manma Kalikotगएको तीन वर्षदेखि कालीकोटको मान्ममा सुरु भएको जनता आवास कार्यक्रम यस वर्ष ग्रामीण क्षेत्रमा सुरु हुने भएको हो ।

विपन्न गरिब दलित परिवारका साथै वादी समुदायका लागि निर्माण हुने आवासका लागि जिल्लास्थित सहरी भवन डिभिजन कार्यालयले कालीकोटका मान्म, जुविथा, धौलागोह, नानीकोट, पाँखा, छाप्रे, माल्कोट, खिन, राम्नाकोट र कोटवाडा गाविसका १४० घरपरिवारको घर निर्माण हुने भएको छ ।

कार्यलयका प्रमुख जगदीश लामिछानेका अनुसार कर्णालीका पाँच जिल्लामा ५४० मध्ये कालीकोटमा चालु आवमा १४० घरका लागि रु दुई लाख ६७ हजारका दरले रु तीन करोड ७३ लाख ८० हजार सरकारबाट र घरधनीको १० प्रतिशत लगानीमा घर निर्माण हुने भएका हुन् ।

जिल्ला समन्वय समितिको बैठकले चालु आव २०७३÷७४ का लागि १० गाविसलाई छनोट गरेको र ती गाविसमा पुस मसान्तसम्म निवेदनका साथ जग्गाधनी पुर्जा, नागरिकताको प्रतिलिपिसहित सम्बन्धित गाविसको सिफारिस पेस गर्न भनिएको छ ।

पहिलो प्राथमिकतामा वादी परिवार र दलित परिवारमध्येका जग्गा भएका तर आवास निर्माणमा कठिन भएका परिवारलाई जोड दिइएको प्रमुख लामिछानेले बताए ।

उनका अनुसार गएको तीन वर्षदेखि कालीकोटमा सुरु भएको जनता आवास कार्यक्रममा यसअघि जिल्लाको जुविथा, धौलागोह र मान्मका दलित परिवारका ३० घर निर्माण भएको छ । घरधनीले आफूले थप लगानी गरेर राम्रो घर निर्माण गर्ने सक्ने बताउँदै प्रमुख लामिछानेले सम्झौता भएको एक वर्षभित्र घर निर्माण गरिसक्नुपर्ने छ ।

यस कार्यक्रमले आर्थिक अभावमा खुल्ला ठाउँमा बस्न बाध्य भएका विपन्न वर्गका दलित तथा वादी परिवारमा खुसियाली छाएको छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?