+
+

सर्वोच्चमै लोकमान सिंह कार्कीमाथि आक्रमण, कालोमोसो पनि दलियो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ७ गते १८:१८

lok-man-singh-karki-attacked-on-supreme-court-2

७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै आक्रमण भएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्चमा बिहीबारबाटै बहस सुरु भएको थियो । र, रिट निवेदक ओमप्रकाश अर्याल पक्षधरका वकिलहरुले बहस गरेका छन् ।

कार्की भने पेशीका लागि अपराह्न अदालत पुगेका थिए । त्यही क्रममा उनीमाथि एक व्यक्तिले आक्रमण गरेका हुन् । कार्कीलाई कालोमासो पनि दलिएको छ ।

कार्कीमाथि हातपात गर्ने युवकले ‘नेकपा माओवादी जिन्दावाद’ भन्दै नाराबाजी गरेका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस् 

सर्वोच्चमै यसरी भयो लोकमानमाथि आक्रमण (तस्वीरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?