९ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबै पत्रपत्रिकाले पाँच वर्षपछि पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सुरु भएको समाचारलाई महत्वका साथ फ्रन्टपेजमा छापेका छन् ।
नयाँ पत्रिका दैनिकले स्थानीय तह ७ सय ३० पुग्ने र भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता भएको समाचारलाई महत्व दिएको छ ।
राजधानी दैनिकले खल्तीमा अनुदान बोकेर टहराको वास शीर्षकमा सिन्धुपाल्चोकका भूकम्पपीडितको स्थितिबारे एंकर समाचार बनाएको छ भने सत्यनिरुपण तथा मेलमिलाप आयोगले अलमलमै दुई वर्ष विताएको समाचारलाई खास महत्वका साथ प्रकाशित गरेको छ ।
अन्नपूर्णपोस्ट् दैनिकले विवादीत एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको सहभागिता र लोडसेडिङ घट्ने समाचारलाई बढी महत्व दिएको छ ।
कान्तिपुर दैनिकले बाजुराको खडेरी र त्यहाँका नागरिकले भोग्नु गरेको सास्तीको फिचर स्टोरीलाई फ्रन्टपेजमा महत्वका साथ छापेको छ ।
नेपाल समाचारपत्रले चिकित्सा शिक्षामा माफियाको हाबी भएको भन्दै समाचार बनाएको छ ।
नागरिक दैनिकले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पोलापोल भएको समाचारलाई महत्व दिएर फ्रन्ट पेजमा छापेको छ ।
प्रतिक्रिया 4