+
+

खेती गर्ने मान्छे नहुँदा गुल्मीमा धान उत्पादन घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १२ गते १२:५१

dhan-kheti१२ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादन घटेको छ । जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार जिल्लाको बिभिन्न ठाउँमा रहेको कुल १० हजार ५७ क्षेत्रफलमा लगाइएको धान बालीमा यसवर्ष २५ हजार ३ सय ५५ म्याटि्रक टन मात्रै धान उत्पादन भएको छ ।

अघिल्लो वर्ष गुल्मीमा १० हजार ४ सय ३२ क्षेत्रफलमा २६ हजार २ सय ५६ म्याटि्रक टन धान उत्पादन भएको थियो ।
गुल्मीमा अघिल्लो वर्षको तुलनामा धानबाली घट्नुको मुख्य कारण जग्गा बाँझो हुनु भएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका प्राबिधिक सहायक सोमबहादुर रानाको बुझाई छ ।

जिल्लामा गतवर्षको तुलनामा यस वर्ष ३ सय ७५ क्षेत्रफल उत्पादनयोग्य जमीन बाझो छ ।
गाउँका युवाहरु रोजगारीका लागि विदेश गएको र गाउँमा खेताला पाउन पनि कठिन भएका कारण जग्गा बाझो वसेको हो ।

धान उत्पादन बढाउन बिउमा अनुदान, सिचाईमा सहयोग, रोग तथा कीरा नियन्त्रणका लागि विभिन्न तालिमसहति प्राविधिक सहयोग गर्दै आएको बिभिन्न तालिम सहित प्राबिधिक सहयोग सल्लाह दिदै आएकोे जिल्ल्ाा कृषि विकास कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा अहिले ३ हजार ६ सय २६ क्षेत्रफलमा वर्षभरी नै सिंचाइको व्यवस्था रहेको छ भने ६ हजार ३ सय ९८ क्षेत्रफल खेतमा आंशिक सिंचाइको व्यवस्था रहेको छ । अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?