काठमाडौं । गायक हवल लामाले ‘बिसौनीमा साटेको रुमाल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
फर्केर आउँछु की आउँदिन, सुपारी छुर्पी मिठो, ढलक-ढलक, डाँडाको गुम्बा, छाडी जाने मायालु, हिउँ झैं गोरीजस्ता थुप्रै गीतहरु सार्वजनिक गरिसकेका लामाले नयाँ सेलो गीत सार्वजनिक गरेका हुन् ।
गीतमा आफ्नी मायालुलाई छाडेर परदेश जान लाग्दाको पीडा समावेश गरिएको छ । यो गीत लामाको उर्मु-२ मा संग्रहित छ । गीतको शब्द तथा संगीत गायक स्वयमकै हो ।
गीतको छायांकन शुसन प्रजापतीले गरेका छन् भने सम्पादन उज्वल ढकालको छ । रिजन, युहाना र शिवमले अभिनित भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4