+

विश्वकपपछि युवराज सिंहले हाने पहिलो शतक

२०७३ माघ  ६ गते १६:३१ २०७३ माघ ६ गते १६:३१
विश्वकपपछि युवराज सिंहले हाने पहिलो शतक

yubraj-singh

६ माघ, काठमाडौं । इंग्ल्याण्डविरुद्ध दोस्रो एकदिवसीय क्रिकेटमा भारतका युवराज सिंहले शतक बनाएका छन् ।

कटकस्थित बाराबती स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको भारतको सुरुवात बराख थियो । केएल राहुल, शिखर धवनसँगै कप्तान विराट कोहली सस्तैमा आउट भएपछि मात्र २५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

तर, युवराज र महेन्द्र सिंह धोनीले भारतीय पारी सम्हाले । यसक्रममा युवराजले ९८ बलमा १५ चौका र एक छक्काको मदतमा शतक प्रहार गरे ।

यो २०११ को विश्वकपपछि युवराज सिंहको पहिलो शतक हो । क्यान्सरको उपचारपछि स्वस्थ्य बनेका युवराज त्यसयता भारतीय टिममा स्थान बनाउन संघर्षरत थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय