७ माघ, चितवन । ६ बर्षकी बालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
६ बर्षकी सुनित (नाम परिर्वतन)लाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवनको राप्ती नगरपालिका राजकुमार परियारलाई पक्राउ गरेको हो ।
स्थानीयले बालिका बलात्कृत भएको जनाकारी दिएपछि प्रहरीले परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
परियारलाई ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित एक युवक पक्राउ
चितवनमै १ सय ८ पिस लागूऔषधसहित लमजुङ वेशिसहरका कृष्ण तामाङ पक्राउ परेको छन् । तामाङको साथबाट डाईजोपाम ३६ पिस, नुरफिन ३६ पिस र फेनारगन ३६ पिस लागूऔषध समेत बरामद भएको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4