२६ माघ, काठमाडौं । सन् २०४० सम्म विश्व निकै अलग हुनेछ । यति अलग कि अमेरिका विश्वको पहिलो मात्र होइन, दोस्रो अर्थतन्त्र पनि रहने छैन ।
यो स्थान भारतले लिनेछ ।
यो पूर्वानुमान अन्तराष्ट्रिय कन्सल्टेन्सी प्राइस वाटर हाउस कूपर्स (पीडब्ल्यूसी)को हो ।
चीन बन्नेछ नम्बर एक
पीडब्ल्यूसीको रिपोर्टका अनुसार दुई दशकमा चीनको जीडीपी सबैभन्दा ठूलो हुनेछ । दोस्रो स्थानमा भारत रहनेछ । रिपोर्ट अनुसार २०१७ देखि २०५० को बीचमा भारतीय अर्थ व्यवस्था औसत ४.९ प्रतिशत विकास दरले अगाडि बढ्नेछ । यस हिसावले विश्व अर्थ व्यवस्तामा भारतको हिस्सा अहिलेको ७ प्रतिशतबाट बढेर १५ प्रतिशत हुनेछ ।
तर, यसअघि नै २०४० मा भारतीय अर्थ व्यवस्थाले अमेरिकालाई उछिन्नेछ ।
यो कसरी सम्भव छ ? जबकी भारतमा गरिबीको स्तर अझै धेरै छ । तर, भारतको ठूलो जनसंख्याले नै उसको अर्थ व्यवस्थालाई अगाडि पनि बढाउाछ ।
भारतको जनसंख्या अहिले लगभग सवा अर्ब छ, जुन दुई दशकमा बढेर १ अर्ब ६० करोडसम्म पुग्नेछ । यो ३५ करोड अमेरिकाको अहिलेको जनसंख्या बराबर हो ।
र, जुन बजार बन्नेछ, यसले अर्थ व्यवस्थाको आकार पनि बढ्नेछ । पीडब्ल्यूसीले भने भारतको विकासमा जनसंख्याको योगदान निकै कम हुने बताएको छ ।
उसका अनुसार प्रविधिमा हुने प्रगतिका कारण जुन उत्पादकत्व बढ्नेछ, त्यसको योगदान धेरै हुनेछ ।
चीन र भारत
भारत जुन अतिमा अघि बढ्नेछ, यसले धेरै हदसम्म चीनको याद दिलाउनेछ । दुबै देशको अर्थ व्यवस्था सरकारी नियन्त्रणका कारण लामो समय सुस्त गतिमा अघि बढ्यो । तर, ९० को दशकबाट फस्टाएको छ ।
चीन एक ठूलो म्यानुफ्याक्चरिङ महाशक्ति बनेको छ ।
र, भारत सर्भिसेजको दुनियामा, खासगरी इन्फर्मेसन टेक्नोलोजीको दुनियामा भारत हावी भएको छ ।
अमेरिकाको संकट
त्यसो भए एक दशकसम्म विश्वको अर्थ व्यवस्थामा राज गरेको अमेरिकाको अर्थ व्यवस्ता चाहिा तेस्रो कसरी हुन्छ ?
पछिल्लो एक शताब्दीमा अमेरिका जस्ता देश भारतभन्दा ६ गुणा कम जनसंख्या भएर पनि धेरै उत्पादन गर्दै आएका छन् । तर, समयको परिवर्तनसागै जस्ता आधुनिकता आएको छ, यसले एशियाली देश अगाडि आयो ।
तर, कयौं पटक कुनै अप्रत्याशित घटनाले सबै कुरा हेरफेर गरिदिनसक्छ ।
६० को दशकमा धेरै मानिसहरुले भनेका थिए कि सोभियत संघको अर्थ व्यवस्थाले अमेरिकालाई उछिन्नेछ । फेरि ८० को दशकमा भनियो कि जापान केही समयमा नै विश्वको ठूलो अर्थ व्यवस्था बन्नेछ ।
तर, वित्त संकटले ९० को दशकमा जापानी अर्थव्यवस्थालाई धरासायी बनायो भने राजनीतिक परिर्वतनले सोभियत संघ विघटन नै भयो ।
यस्तै कुनै अप्रत्यासिय घटनाक्रमले पीडब्ल्यूसीको रिपोर्टको आंकलन गलत सावित गर्दैन भन्न सकिन्ना ।
प्रतिक्रिया 4