निजामती कर्मचारीको अवकाश हुने उमेर हद बढाउनुपर्ने माग जोडदार रूपमा उठ्न थालेको छ । तर, अवकाशको उमेर हद निजामतीको मात्र होइन, अरू सरकारी सेवाको पनि हद बढाइनुपर्छ । अनि ६० बर्ष होइन, असी बर्ष पुर्याइनु पर्छ । यो नै अहिलेकोआवश्यकता हो । ८० पुगेर पो बसी खानुपर्नेमा यहाँ त उल्टो भै रहेको छ । अन्ठाउन्न, साठीमै घर धपाउने गलत परीपाटी बसेकोछ । अब यस्तो परीपाटी अन्त्य हुनुपर्छ ।
किनभने– पहिलो कुरा, नेपालीको औषत आयु निक्कै बढेको छ । यो बढ्ने क्रममा छ । हरेक जनगणनाको तथ्यांक केलाउँदा योकुरा प्रष्ट हुन्छ । यसरी औषत आयु बढ्दै जाँदा एकदिन ८० नाघ्ने नै हो । त्यसैले दूरदृष्टि राख्ने हो भने जागिरबाट रिटायर्डहुने उमेर ६० होइन, ८० बनाउनुपर्छ ।
दोस्रो कुरा, अधिकांश कर्मचारीले धेरैवटा बढुवा खाएर रिटायर्ड हुने अवसर पाउँछन् । बढुवाका लागि अहिलेको जस्तोमारामार, काटाकाट, बढाबढ र चर्को प्रतिष्पर्धा हुनेछैन । एकाध बेरोजगार ठिटाठिटीले जागिर खान पाइएन भनेको कुरालाईआधार बनाउनु हुन्न । तिनलाई जागिर ख्वाउने ठेक्का सरकारले लिएको छ र ?
तेस्रो कुरा, ५८ बाट ६० बनायो, जाबो दुई बर्ष थपियो । समस्या त ज्यूँ का त्यूँ । किनभने उस्तै प्रकृतिका काम गर्ने संवैधानिक निकायका पदधिकारीहरू, माननीय न्यायाधीशज्यूहरू, सरकारी विद्यालय–विश्वविद्यालयका शिक्षकहरूको कसैको६३, कसैको ६५ वर्ष छ । उता औषत आयु बढ्दो छ ।
अनि किन ६० मात्रै ? यो त अन्तरिम समाधान मात्रै भो अन्तिम समाधान त भएन । किनभने ८० वर्ष बनाइसकेपछि पनि ६३ अनि फेरि पैंसट्ठी बर्ष पुर्याउनु पर्ने माग पक्कै उठ्छ। त्यसैलेथपेपछि एकैचोटि २२ वर्ष थपेर ८० बनाइदिने । त्यसो भो भने यो ५८, ६०, ६३, पैंसठीको लुकामारी लोप हुनेछ । भन्छन् नि ‘सुनारको सय चोट लोहारको एक चोट’ हो यही उखान चरितार्थ गर्नुपर्छ ।
उमेर हद ८० वर्ष पुर्याउँदा बूढा कर्मचारीहरूबाट अफिसमा जाने र हाजिर गरेको भरमा तलब खाने काम मात्रै हुन्छ भनेर कसैकसैले विरोध गरेको पनि सुनियो । अवकाश उमेर ५८ हुँदाको अहिलेको अवस्थामा ५८ वर्ष पुग्न लागेका कर्मचारीहरूलाई केहीजिम्मेवारी सुम्पनुस् त– रिटायर्ड हुन यति बाँकी छ– उति बाँकी छ भन्दै वरको सिन्को पर सार्ने होइनन् । उमेर हद ८० बनाउँ अनिजिम्मेवारी सुम्पिएर हेरौं त उसले कति कार्य सम्पादन गर्छ ! नवनियुक्त कर्मचारी भन्दा लगन र मेहनतका साथ जिम्मेवारभएर काम गर्ने कर्मचारी तिनै हुन्छन् । कहिलेसम्म भन्ने कुराको पछि नलागौं ।
चौथो कुरा, अवकाशपछि धेरै कर्मचारीहरू मानसिक रोगका शिकार भएका छन् । यो सत्य हो । रिटायर्ड भएको भोलिपल्टदेखि त्यस्ता कर्मचारीहरू डाक्टर, अस्पताल, औषधिको गोलचक्करमा फसिरहेका हुन्छन् यस्तै रोगको कारणले । अवकाश उमेर८० भयो भने अबदेखि त्यस्ताखाले मानसिक रोगीहरूको उत्पादन कम हुनेछ ।
पाँचौं कुरा, अहिले अवकाशपछि पनि धेरै कर्मचारीहरूले अर्को जागर खानैपर्ने वाध्यता छ । अवकाश उमेर ८० बर्षबनाउँदा यस्ता खालका कर्मचारीहरूलाई `जागिरपछिको जागिर´ मिलेको अनूभूति हुनेछ । दोहोर्याएर अर्को ठाउँमा त्यो पनिप्राइभेट सेक्टरमा जागिर खानुपर्ने वाध्यताको अन्त्य हुनेछ ।
जब अवकाशको उमेर हद नै ८० हुन्छ, ‘असी असी बर्षसम्म जागिर छँदै छ, केलाई खानु घुस ?’ भन्ने पवित्र भावना जागृत हुन्छ । यसरी बिस्तारै बिस्तारै भ्रष्टाचार, घूसखोरी कम हुँदै जानेछ । सुशासनको सपना पनि साकार हुनेछ ।
छैठौं कुरा, असी असी बर्षको उमेरसम्म काम गर्दा–गर्दा हाम्रा कर्मचारीहरू अति अनुभवी हुनेछन् । ‘आगो ताप्नु मूढाकोकुरा सुन्नु बूढाको’ त्यतिकै बनेको उखान होइन नि । त्यस्ता बुढा कर्मचारीको कुरा सुनेरै सेवाग्राहीहरू मख्ख पर्नेछन् भने सेवापाउँदा त झन् कति मख्ख पर्दा हुन् । यो सन्दर्भमा ‘बाघ बुढो र स्याल तन्नेरी’ को उखान पनि सम्झनुपर्ने हुन्छ । लोकसेवाकाजति नै कठिन परीक्षाहरू पास गरेर आए पनि नयाँ कर्मचारी भनेका स्याल नै हुन् जो जति तन्नेरी भए पनि गतिलो शिकार गर्नै सक्दैनन् । अर्कोतिर जति बुढो भए पनि बाघ भनेको बाघ नै हो ।
त्यति धेरै अनुभव प्राप्त गरेका कर्मचारी विश्वको कुनै पनि देशको सरकारी सेवामा शायद हुने छैनन् । अवकाश उमेर असीबनायो भने वीर गोर्खालीले झैं ‘जागिर नेपाली’ले हामीलाई संसारभर चिनाउन मद्दत गर्नेछ । ‘जागिर खानु त नेपालकोसरकारी सेवाको’ भन्ने कहावत बन्नेछ ।
सातौँ कुरा, घुस कुन चरीको नाम हो कर्मचारीलाई थाहा हुने छैन । किनभने जागिर अवधि थोरै हुँदा पो ‘छिटो छिटो कमाइ हालौं नत्र रिटायर्ड हुने बेला आइहाल्छ’ भन्ने हुन्छ । ‘रिटायर्ड भएपछि पेन्सनले पुग्दैन त्यसैले अहिल्यै जोहो गर्नुपर्छ’ भन्ने लोभीपापी भावना जागृत हुन्छ । यस्ता भावनाहरूले सिधैं घुसको माग गर्छन् । जब अवकाशको उमेर हद नै ८० हुन्छ,‘असी असी बर्षसम्म जागिर छँदै छ, केलाई खानु घुस ?’ भन्ने पवित्र भावना जागृत हुन्छ । यसरी बिस्तारै बिस्तारै भ्रष्टाचार, घूसखोरी कम हुँदै जानेछ । सुशासनको सपना पनि साकार हुनेछ ।

आठौँ कुरा, सरकारलाई पेन्सनको टेन्सन हुँदैन । पेन्सन दिनुपरे पनि थोरै अवधि मात्रै । पेन्सन वापतको राज्यको ठूलो व्ययभार बचत हुनेछ । त्यसैले अबको निजामती सेवा को नारा– ‘असीमा अवकास: अवकाशपछि आर्यघाट’ हुनुपर्छ ।
नवौं कुरा, अवकाश उमेर असी बनाउँदा धेरै कर्मचारीहरूले सरकारको जयजयकार गर्नेछन् । सरकारको यो गुन धेरै बर्षसम्म बिर्सने छैनन्। अझ आकर्षक ठाउँका कर्मचारीहरू, उच्चपदस्थ कर्मचारीहरू जो ५८ को आसपासमा छन्, अवकाशको सन्त्रासमा छन् तर बिन्दासै बिन्दासमा छन् तिनले त सरकारको पूजा नै गर्नेछन्। साठी बनाउँदा नै सरकारको पूजा गर्न तम्तयार त्यस्ता अति लाभान्वित कतिपय कर्मचारीको सूची नै पत्रपत्रिकामा पढ्न पाइएको छ भने असी बनाउँदा त तिनले कति गुन मान्लान् भन्न सकिन्न ।
दशौँ कुरा, नयाँ संबिधान लागु भएपछि लोकसेवा आयोगको कार्यबोझ निकै थपिएको छ । भएभरका सार्बजनिक संस्थान अनि सेना, प्रहरी, सशस्त्र प्रहरी सबैको परीक्षा व्यवस्थापनको काम थपिएको छ । उसलाई भ्याइनभ्याई छ । त्यसैले उमेर हद ८०बर्ष बनाइदिने हो भने कम्तिमा दुई दशकलाई लोकसेवाको कामको बोझ निकै हल्का हुनेछ ।
त्यसैले निजामती कर्मचारी, सार्बजनिक संस्थानका कर्मचारी, सेना, प्रहरी, सरकारी शिक्षक, सरकारी प्राध्यापक सबैको उमेर हदयही कायम गरौँ । यसो भएमा `सरकारी जागिरमा अनेकता: अवकाश उमेरमा एकता´ हुनेछ ।
अन्त्यमा, कतिपय कर्मचारीहरू (खासगरी उच्च पदस्थ कर्मचारी )अवकाश पछि राजनीतिक नियुक्ति लगायत अन्यलाभका पद पाउने लोभमा दलका नेताको दैलो दैलो चहारे भनेर अवकाशको उमेर हद बढाउने प्रस्ताव गरिएको तर्क पनि सुनिएको छ । त्यसो हो भने त झन् ८० पनि होइन, ८० पनि होइन, आजीवन नै जागिरको ग्यारेन्टी गर्नुपर्ने हुन्छ । जागिर खाने उमेर जाबो दुई बर्ष थप्दैमा अवकाशपछि लाभकोपदको खातिर दलका नेताको दैलो नचाहार्ने भन्ने हुँदैन।
अनि कतिपय कर्मचारीहरूलाई अवकाश उमेर असी बनाए पनि जागिर छाड्नै मन नलाग्न सक्छ । खासगरी मालदार ठाउँका कर्मचारीहरू, हाटा गर्दै जागिर खान पल्केकाहरू, जागिरमा हाट्टहुट्ट गर्दैत्यसैको बलमा राजनीतिक लगायत अन्य लाभ लिँदै ठालुगिरी गरिरहेका कर्मचारीहरू र उच्च पदस्थ कर्मचारीहरूमा यसो हुनु स्वाभाविक हो । यसलाई अन्यथा मान्नु पनि हुन्न । त्यसैगरी थुप्रै कर्मचारीहरू यस्तापनि छन् कि जसलाई अवकाश हुने उमेर देखि खूब डर लाग्छ । रिटायरमेन्ट फोबियाबाट ग्रसित यस्ता कर्मचारीहरू भने ८० बनाए पनि यो रोगबाट मुक्त हुन सक्ने छैनन् । यी र यस्ताखाले कर्मचारीहरूका लागि भनेआजीवन नै जागिरको व्यवस्था गर्नुपर्छ । अनि अवकाशपछि नेताको दैलो नचाहरून् भन्ने हो भने पनि यस्तै व्यवस्था गर्नुपर्छ ।
त्यो बेलामा हाम्रो सरकारी सेवामा नयाँ नारा तय गरेर अघि बढ्नुपर्छ । त्यो नारा हो- ‘आर्यघाटमा अवकाश:अवकाशपछि वैकुण्ठबास !´
प्रतिक्रिया 4