+
+

रेखाको फेरिएको शैली, ‘नमस्कार’ गर्दै भोट माग्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ६ गते १२:०३


नायिका रेखा थापाको हिजोआज शैली फेरिएको छ । महोत्सवमा पुग्दा छोटा पहिरनमा पुग्ने रेखा अहिले सारी लगाएर पुग्न थालेकी छिन् । महोत्सव हेर्न पुगेका दर्शकलाई दुई हात जोडेर नमस्कार गर्दै उनी अभिवादन गर्छिन् । रेखा अब नायिकाबाट नेतृ बन्ने तयारीमा छिन् ।

आजबाट सुरु भएको राप्रपाको महाधिवेशनमा रेखा केन्दि्रय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छिन् । यसैले पनि अहिले रेखालाई केन्द्रिय सदस्यमा अत्याधिक मतले विजयी गराऔं भन्ने खालका तस्बिरहरु फेसबुकमा भेटिन थालेका छन् ।

रेखासँगै नेपाली चलचित्रसँग आवद्ध केहि चलचित्रकर्मीहरुलाई अहिले राप्रपाको महाधिवेशनले छोएको छ । रेखा केहि समय अगाडि मात्र राप्रपामा प्रवेश गरेकी थिइन् ।

अहिले, उनी राप्रपाका विभिन्न कार्यक्रममा पुग्छिन् र भाषण गर्छिन् । रेखाका लागि राप्रपाको केन्द्रिय सदस्य पदको निर्वाचन निकै महत्वपूर्ण देखिएको छ । गायिका कोमल वलीले त राप्रपाको राजनीति सुरु गरेपछि रेडियो नेपालको २० बर्ष लामो जागिर नै छाडेकी छिन् ।

राप्रपाको राजनीति सुरु गरेर सांसद बन्दै देशको नेतृत्व पदमा पुग्ने रेखाको सोचलाई केन्दि्रय सदस्य पदको चुनावले निकै ठूलो अर्थ राख्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?