२२ फागुन, रौतहट । रौतहटको कनकपुर-२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
२५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो । उनी शेख खजुरकी श्रीमती हुन् ।
सहनाजलाई अज्ञात समूहले सुतिरहेकै स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र चुरेहिल अस्पताल मकवानपुर उपचारको क्रममा आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
सोही स्थान बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला-खल्ला भएपछि सहनाजका श्रीमान शेख खजुर बाहिर निस्किएका थिए ।
तर चोर फेला नपरेपछि उनी आफ्नो घरभित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकीछिपी बसेको अपरिचित एक जना व्यक्तिले शेखको टाउकोमा धारिलो हतियार प्रहार गरेको थियो । उनी मध्यम घाइते बनाएको र निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4