+
+

गोल्डेन अस्पतालले मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १७:१२

२३ फागुन, विराटनगर । विराटनगरमा सञ्चालित गोल्डेन हस्पिटल प्रालिले मोरङमा कार्यरत पत्रकारहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषणा गरेको छ ।

अस्पताल प्रशासन र नेपाल पत्रकार महासंघ मोरङ शाखाबीच आज निःशुल्क सेवा दिने विषयमा सम्झौता भएको छ । अस्पतालका तर्फवाट निर्देशक डा श्याम रौनियार र पत्रकार महासंघ मोरङका शाखा अध्यक्ष वन्धु पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

स्थापनाको छठौ बाषिर्कोत्सव उत्सवको अवसरमा अस्पतालले पत्रकारहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने घोषण गरेको हो ।

शाखा अध्यक्ष पोख्रेलका अनुसार पहिलो चरणमा ३ वर्षका लागि अस्पतालले मोरङ शाखामा आवद्ध सदस्यहरुलाई यो सेवा प्रदान गर्नेछ । मोरङ शाखामा १ सय ८३ जना पत्रकार आवद्ध छन् ।

सम्झौता अनुसार अस्पतालले ओपीटी सेवा, ल्याव सेवा, वेड चार्ज, एक्स रे, अल्ट्रासाउण्ड, इन्डोसकपी सेवा निशुल्क प्रदान गर्नेछ ।

त्यसैगरी सिटी स्क्यान, आइसियु, ल्यावको हार्मनल टेष्ट र जुनसुकै प्रकारको रोगको अप्रेशन, भेन्टिलेटरमा ५० प्रतिशत छुट दिनेछ ।

अस्पताल प्रशासनले पत्रकारको परिवारलाई पनि उपचारक सेवामा ३० प्रतिशत छुट दिने सहमति जनाएको छ । पत्रकार महासंघले आफ्ना सदस्यलाई कार्डको ब्यवस्था गरे अनुसार अस्पतालले उपचारमा छुट प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?