
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर पदमा राजुराज जोशीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी उपमेयरमा हरिप्रभा श्रेष्ठ खड्गीको उम्मेदवारी दर्ता भएको छ ।
कांग्रेसले मनोनयन दर्ताको दिन नै महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको हो ।
जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् ।
काठमाडौंको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य र माओवादी केन्द्रका सर्वोत्तम डंगोलले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4