+
+

बिर्तामोडमा करेन्ट लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते १५:५७

१० जेठ, झापा । झापाको बिर्तामोडमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड-३, करेलाबारी निवासी ३५ वर्षीय अर्जुन माझी रहेका छन् ।

आफ्नै पछाडि फलामको रड उठाउने क्रममा विजुलीको नाङ्गो तारमा रडले छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता डिएसपी हरिराज शर्माले जानकारी दिए ।

उनलाई उपचारका लागि स्थानीय कञ्चनजङ्घा हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?