+
+

किताब बेचेर महावीर पुनलाई २ लाख ५० हजार सहयोग

विजय थापा विजय थापा
२०७४ जेठ २३ गते ८:१९

६ जुन, अमेरिका । अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले आफ्नो पुस्तक बिक्रीबाट उठेको रकम नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई सहयोग गरेका छन् ।

उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका हुन् । प्रकाशले सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको घागी नामक पुस्तकको कमाईमा केही रकम थपेर सहयोग गरेको बताए ।

घागी पुस्तक बिक्रीको करिब १२ सय ५० डलरमा प्रकाश र उनकी श्रीमती जोत्सना पौड्यालले त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपाल राष्ट्र बैंकको दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् । उनले पाटन स्थित हिमालय बैंक लिमिटेड बाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् ।

लेखक शिव प्रकाशले किताब बिक्रीबाट उठेको रकम परोपकारी काममा लगाउने घोषणा यसअघि नै गरेका थिए । यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न पाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए । ि

यसअघि उनीलगायत अमेरिकामा रहेका नेपालीहरुको पहलमा ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रम आयोजना गरी झन्डै १४ लाख रुपियाँ सहयोग गरेका थिए ।

उनले महाविर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण भन्दै राजनीतिक नेतृत्व र सरकारलाई उपेक्षा नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?