३ असार, काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
आज बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए ।
प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।
तस्वीरः छिरिङ शेर्पा/कृष्णा कार्की
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4