+
+

कम्युनिस्ट किल्ला भत्काउँदै प्युठानको ऐरावतीमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १७ गते २१:०१

१७ असार,प्युठान । निकै कडा टक्करबीच कम्युनिस्ट किल्ला भत्काउँदै कांग्रेसले प्युठानको ऐरावती गाउँपालिकामा जित निकालेको छ ।

ऐरावती गाउँपालिका अध्यक्षमा कांग्रेसका नबिलविक्रम शाह २४९० मतका साथ विजयी भएका छन् । उनले एमालेका टिकाविक्रम गुरुङलाई १६ मतले पराजित गरेका हुन् ।

एमालेका गुरुङले २४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीका बुद्धवहादुर बस्नेत विजयी भएका छन् । यहाँ राष्ट्रिय जनमोर्चा र माओवादीको गठबन्धन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?