३० साउन, काठमाडौं । नेपालका ८ टोस्टमास्टर्स क्लबहरु टेकुमा रहेको नेपाल उद्योग बाणिज्य महासंघको भवनमा आयोजना गरेको क्लब अफिसर तालिम कार्यक्रममा सहभागी भए ।
पहिलो डिस्ट्रीक्ट स्पोन्सर्ड तालिम कार्यक्रमको अध्यक्षता डिस्टि्रक्ट डाइरेक्टर, डिटिएम पल्लव बर्माले गरेका थिए । सबै ८ टोस्टमास्टर्स क्लबहरु यस तालिम कार्यक्रममा सहभागी भएका थिए ।
हाल करिब ३५० सदस्यहरु ८ वटा टोस्टमास्टर्स क्लबमा रहेका छन्, जसले नियमित रुपमा सार्वजनिक बक्तव्यको अभ्यास नियमित रुपमा गर्दै आएका छन् ।
टोस्टमास्टर्स क्लब इन नेपाल विश्वभर १४२ मुलुकमा रहेका १५,९०० टोस्टमास्टर्स क्लबहरुको अंगको रुपमा रहेको छ । टोस्टमास्टर्स इन्टरनेशनल सञ्चार तथा नेतृत्वदायी विकासको क्षेत्रमा विश्वको प्रमुख संस्था हो । यस संगठनसँग नेपालको जस्तै ३४५,००० भन्दा बढि सदस्यता रहेका छन् ।
यो क्लबको एकमात्र एजेण्डा भनेको आफ्ना सदस्यहरुको नेतृत्वदायी सिप र सार्वजनिक मन्तव्यको विकास गर्नु हो ।
पहिलो तालिम कार्यक्रम शनिबार आयोजना भएको थियो भने दोस्रो तालिम अाइतबार यल माया केन्द्रमा आयोजना गरिएको थियो ।
पहिलो तालिम कार्यक्रम ९ बजे सुरु भएर बेलुका ५ बजे समापन भएको थियो भने दोस्रो कार्यक्रम २ बजे शुरु भएर बेलुका ५ बजे समापन भएको थियो । काठमाडौं भित्र भएका सबै ८ वटै टोस्टमास्टर्स क्लबहरु यस कार्यक्रममा सहभागी भएका थिए ।
डिस्टि्रक्ट डाइरेक्टर, डिटिएम पल्लव बर्माले सो अवसरमा टोस्टमाटर्स क्बल इन नेपालका सबै अधिकारीहरुलाई तालिम प्रदान गरे । उनलाई सिनियर टोस्टमास्टर्स, टिएम श्री सुमन शाक्य र टिएम श्री रन्जीत आचार्यले कार्यक्रमको अवसरमा सहयोग गरेका थिए ।
पुराना तथा नयाँ सदस्यहरुलाई सहजता प्रदान गर्दै अफिसरहरुको कर्तव्यहरु, क्लबको सुमधुर कार्यसंचालन, तथा अन्य आधारभूत प्रशिक्षणको बारेमा जानकारी दिनु तालिमको उद्देश्य भएको अायोजकले जनाएको छ ।
कार्यक्रममा टोस्टमास्टर्स क्लब संचालन गर्ने अन्य पक्षहरु, अफिसरको कर्तव्यहरु सफलरुपमा पुरा गर्ने तथा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बारेमा पनि केन्द्रित थियो ।
पहिलो कार्यक्रम एसएएका साथमा शुरु भएको थियो । सन्तोष राज पाठकद्वारा सुरु गरिएको कार्यक्रममा होष्ट प्रेसिडेन्टको रुपमा कविन पाण्डेले अतिथिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सुरुवाती सम्बोधन रंजित आचार्य र सुमन शाक्यले दिएका थिए भने त्यसपछि डिटिएम पल्लव बर्माले सहभागीहरुलाई सम्बोधन गरेका थिए ।
त्यसपछि भूमिका तोकिएका अफिसरहरुका लागि तालिम कार्यक्रम सम्पन्न गरियो र एमओसीले एरिया १२ र १२ का डाइरेक्टरहरुलाई आमन्त्रण गरे । त्यसपछि परिचयात्मक कार्यक्रम, धन्यवाद ज्ञापन र प्रमाणपत्र बितरणका साथमा सामूहिक फोटो खिचिएको थियो ।
दोस्रो कार्यक्रम ललितपुरस्थित यलमाया केन्द्रमा, तालिम कार्यक्रमका निर्णयकर्ताहरु र डिस्टि्रक्ट डाइरेक्टरहरुको परिचयका साथमा आयोजना गरिएको थियो । डिटिएम पल्लव बर्माले प्रमुख निर्णयकर्ताको तालिम प्रदान गरेका थिए ।
प्रतिक्रिया 4