+
+

महान्यायाधिवक्ताको शपथ शुक्रबार

रासस  रासस 
२०७४ भदौ १ गते २०:३७

१ भदौ, काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता नियुक्तिका लागि बुधबार सिफारिस गरिएका वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीको शपथ कार्यक्रम शुक्रबार तोकिएको छ ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता नियुक्तिका लागि प्रधानमन्त्रीले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

विसं २००२ मा काठमाडौँको ठमेल गल्कोमा जन्मनुभएका भण्डारीले त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनले विसं २०३० देखि वकालत शुरु गरेका हुन् । उनले नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै अध्यक्षमा समेत प्रतिस्पर्धा गरेका  थिए ।

वरिष्ठ अधिवक्ता भण्डारीले रासससँग कुरा गर्दै संविधान र कानुनअनुसार आफ्नो अनुभव र क्षमतालाई प्रयोग गरेर सकेसम्म प्रभावकारी ढंगले सरकारी मुद्दामा प्रतिरक्षा गरिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?