+
+

सामसुङको क्यू एलईडी टीभी नेपाली बजारमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १९:०९

१४ भदौ, काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि., सामसङको नेपालमा आधिकारिक बितरकले भाद्र ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा डिलर्स मिट सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

४ सय भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सकि्रय रुपमा सहभागी भएका थिए । नेपालका लागि सामसङका देशीय निर्देशक वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गर्नुभएको थियो ।

यस्ता छन् क्यू एलईडीका विशेषताहरुः

क्यु पिक्चरः

सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा आउने क्यू एलईडी टिभी सतप्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो यस्तो प्रकारको टिभी हो ।

सामसङ क्यूएलईडी टिभीहरुमा सतप्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन गरिएको छ ।

बोल्ड कन्ट्रास, दिन वा रात्री


दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ ।

क्यूवेईङ एंगल

हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?