+
+

पत्थरी भएपछि सरोज खनाल अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १०:४६


नायक सरोज खनाल अस्पताल भर्ना भएका छन् । मृगौलामा पत्थरी भएको कारण उनी अस्पताल भर्ना भएका हुन् । शुक्रवार बिहान डा. सञ्जय खड्गीको टोलीले उनको पत्थरीको अप्रेशन गरेको थियो ।

बल्खु स्थित बयोधा अस्पतालमा उपचार गराइरहेका नायक खनालले आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको बताए । ‘बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु गरेको रहेछ ।’ खनालले भने । स्टोन पुरानो भएकाले अप्रेशनका लागि दुई घण्टा समय लागेको खनालले बताए । ‘मेरो अलि जटिल खालकै स्टोन रहेछ, अप्रेशनका लागि दुइघण्टा लाग्यो । अन्य अप्रेशन एक घण्टामै सकिने रहेछ ।’ खनालको भनाई थियो ।

अमेरिकाबाट फर्किएपछि नायक खनाल नेपाल चलचित्रमा चरित्र अभिनेताको रुपमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?