+
+

धनीहरुले उपहारमा के-के सम्म दिँदारहेछन् !

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते १४:०८

मुगल सम्राटले आफ्नी प्रेमिकालाई ताजमहल उपहारमा दिए । भारतका धनाढ्य मुकेश अम्बानीले हेलिकप्टर उपहार दिए । यस्तो उपहार दिनेमा इतिहासदेखि अहिलेसम्म मान्छेहरुको कमी छैन । जानौँ दुनियामा महंगो उपहार दिनेहरुको बारेमा ।

१५ करोडको कुकुर

हरेक बच्चालाई घरमा राम्रो नश्लको कुकुर बिरालो होस् भन्ने चाहना हुन्छ । तर सबै बच्चाका बाउ क्रिस ब्राउन जस्ता धनी हुने कुरा भएन । क्रिस ब्राउन ती धनाढ्य हुन् जसले आफ्नी छोरीलाई झण्डै १५ करोड रुपैयाँ पर्ने तिब्बती मेस्टिफ नश्लको कुकुरको छाउरा उपहार दिए ।

१० लाख रुपैयाँको चट्टान

केवल हिरा, मोति, महल तथा शानदार गाडीहरु मात्र होइन । सर सेसिल चब नामक व्यक्तिले त आफ्नी श्रीमतीलाई प्रेममा उपहारको रुपमा प्रागऐतिहासिक पत्थरको स्मारक दिएका थिए । सन् १९१५ मा लिलामीमा बिक्रि भएको पत्थरको स्मारक उनले झण्डै १० हजार डलरमा खरीद गरेर आफ्नी पत्नीलाई दिएका थिए । उक्त स्मारक अहिले युनेस्कोको विश्व सम्पदा सूचिमा परिसकेको छ ।

रंगशाला

सन् १९८१ मा जब अबुधाबीका शेख मोहम्मदको विवाह शाहजादी सलमासँग भयो तब शेखका पिताले पाहुनाहरुलाई स्वागतका लागि १ करोड ५ लाख डलर खर्चिएर २० हजार मानिस अट्नसक्ने एक रंगशाला खरीद गरे । विवाह पछि उनले उक्त रंगशाला आफ्नो छोरालाई उपहारमा दिए ।

२० करोडको बरफ

चर्चित हलिउड फिल्म निर्माता एरोन स्पेलिंग्सले आफ्ना बच्चालाई ह्वाइट क्रिसमसको अनुभव गराउनका लागि एकचोटी २० लाख डलरको बरफ खरीद गरी आफ्नो लस एन्जल्सस्थित घरमा सजाएका थिए ।

रानीको हार

रिचर्ड बर्टनले आफ्नी पत्नी एलिजाबेथ टेलरका लागि जे कुरा उपहारमा दिए त्यो चर्चाको विषय बन्यो । त्यसमध्ये एउटा थियो रानी मेरी प्रथमको अमूल्य हार । जसमा विश्वको सबैभन्दा महंगो मोती ला पेलेग्रीना जडित थियो । सन् १९६९ मा ३७ हजार डलरमा खरीद गरी उनले आफ्नी पत्नीलाई त्यो रानीको हार उपहारमा दिएका थिए ।

ताडको रुख

बलिउड अभिनेत्री एन्जेलिना जोली र उनका प्रेमी ब्राड पिटबीच अहिले सम्बन्ध टुटेको छ । तर तिनै जोलीले सन् २००८ मा आफ्ना प्रेमी ब्राड पिटलाई २ सय वर्ष पूरानो ताडको रुख उपहार दिएकी थिइन् उक्त रुखको मूल्य झण्डै १९ लाख रुपैयाँ पर्दथ्यो ।

झरना

उनै जोलीले सन् २०१२ मा एउटा झरना खरीद गरी ब्राड पिटलाई उपहार दिइन् । उक्त झरनाको मूल्य १६ करोड रुपैयाँ थियो ।

हेलिकप्टर

एन्जेलिना जोली यत्तिमा रोकिनेवाला थिइनन् । सन् २०१२ मै उनले १६ करोड डलरको हेलिकप्टर खरीद गरी प्रेमी ब्राट पिटलाई उपहार दिइन् ।

कोहिनूर

विश्वको सबैभन्दा महंगो १ सय ५ क्यारेटको हिरा कोहिनूर अहिले बेलायतको संग्राहलयमा छ । उक्त हिरा सन् १९५० मा लाहोरका महाराजा दलीप सिंहले बेलायती महारानीलाई उपहारमा दिएका थिए ।

साढे १० अर्ब रुपैयाँको मूर्ति

वाकिङ म्यान अर्थात् हिँडिरहेको मूर्ति अल्बर्टो जिकोमेट्टीले बनाएका थिए । त्यो उक्त समयको सबैभन्दा मूल्यवान मूर्ति थियो । रसियन टाइकून रोमन अब्रामोविचले यस मूर्तिलाई १० करोड ४३ लाख डलरमा खरीद गरी आफ्नी श्रीमतीलाई उपहार दिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?