+
+

हिमालय एअरलाइन्सले थाल्यो काठमाडौं-दमाम-काठमाडौं सिधा उडान सेवा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते १९:०९

१९ भदौ, काठडमाडौं । हिमालय एअरलाईन्सले काठमाण्डौं र साउदी अरेबियाको दमाम शहरबीच सीधा उडान सुरु गरेको छ । यसले दुई देश बिचको सम्बन्ध विस्तार गर्नुको साथै यो रुटमा आवत-जावत गर्दै यात्रुहरुलाई पनि सहज सेवा प्रदान गर्न सहयोग गर्नेछ ।

नेपाल र साउदी अरेबिया बीच सिधा उडान गर्ने हिमालय एअरलाईन्स, नेपालको पहिलो वायुसेवा कम्पनीे हो ।
जसले कामका लागि विदेशिका नेपालीहरुको मागलाई ध्यानमा राखी सिधा हवाई सेवा शुरु गरेको छ । एअरलाइन्सले काठमाण्डौं-दमाम-काठमाडौं बीच दैनिक उडानबाट आफ्नोे सेवा सञ्चालन गर्नेछ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ‘काठमाण्डौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुनपाउनुमा हामी धेरै खुशी छौं । यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आˆनो देश आउन सिधा उडानको सेवा प्राप्तगर्न सक्ने गरी सेवा शुभारम्भ गरेको छ ।’

उनले अघि थपे,’उडानले साउदी अरेबियामा विभिन्न काममा संलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सिधा उडानको सुविधा प्रदान गर्ने छ । हामीलाई विश्वास छ कि हाम्रो नेपाली अतिथ्य सेवाले घर र्फकने नेपालीहरु पक्कै खुशी हुनेछन् ।’

टिकट खरिद तथा बुकिङ्गको लागि हिमालय एअरलाईन्सको बिक्री कार्यालय वा आधिकारिक ट्राभल एजेन्टसँग सम्पर्क गर्न सकिने छ । एअरलाईन्सले इकोनोमीक्लासको लागि ३० केजी र बिजनेस क्लासको लागि ४० केजी निःशुल्क ब्यागेज सुविधाको व्यवस्था गरेको छ ।

हिमालय एअरलाईन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारीक विक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ, जसले टिकट बिक्री, बजार प्रवर्धन, बुकिङ्ग तथा आरक्षणको लागि जिम्मेवारी लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?