+
+

कर्मचारीहरुद्वारा वडा कार्यालयमा तालाबन्दी

माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने चेतावनी

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ भदौ २० गते ११:४३

२० भदौ, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका-६ शेरीका कर्मचारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थायी कर्मचारीले नियमानुसार पाउनु पर्ने तलब भत्ता नपाएको, कर्मचारीको सञ्चयकोषमा जम्मा हुनु पर्ने रकम जम्मा नभएको तथा कर्मचारी कल्याण समेत स्थापना गरिएको भन्दै वडा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर वडा कार्यालयमा तालाबन्दी गरेको वडा कार्यालय शेरीका कार्यालय सहायक अमर कोट्टारीले जानकारी दिए ।

यसअघि भदौ १४ गते पनि वडा नम्बर ६ का वडाध्यक्ष महादेव डडाल र मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीलाई आˆना मागहरु पूरा गरिदिन निवेदन गरेपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

भदौ १४ गते वडाध्यक्ष र गाउँपालिका अध्यक्षलाई आˆना मागहरु पूरा गरिदिन माग गरेपनि कुनै सुनावाई नभएकोले मंगलबारदेखि हातमा कालोपट्टी बाँधी कार्यालयमा तालबन्दी गरी कार्यालयको कामकाज ठप्प पार्ने वडा कार्यालय सहायक कोट्टारीले चेतावनी दिए ।

यता गाउँपालिका अध्यक्ष जमन धामीले वडा कार्यालयमा ताला लगाउनु सरासर गलत भएको भन्दै्र वार्ताका माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?