+
+

पाल्पाली ढाका, करुवा र अदुवा विदेशी बजारसम्म पुर्‍याइने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १०:४४


२१ भदौ, रामपुर (पाल्पा) । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले पाल्पाको चिनारी पाल्पाली ढाका, करुवा र अदुवाको व्यापार अन्तरराष्ट्रियस्तरसम्म पुर्‍याइने बताएकी छिन् ।

मंगलबार पाल्पा उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष राणाले ढाका कपडा, करुवा र अदुवाको व्यापार अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याइन सके मुलुकमा आर्थिक सम्मृद्धि विकास हुने बताए ।

नेपालमा उत्पादित वस्तु भारत र चीनसम्म निर्यातका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको उनले बताए । अध्यक्ष राणाले मुलुकमा अहिले राजनीतिक वातावरण राम्रो बन्दै गएको बताउँदै स्थानीय निकायसँग समन्वय गरी उद्योग वाणिज्य संघले देशभरि नै उद्योगी व्यवसायीका हितमा रहेर काम गर्न लागेको बताए।

स्वर्ण महोत्सवको अवसरमा उनले स्थापना कालदेखि हालसम्म पाल्पा उद्योग वाणिज्य संघमा आबद्ध रहेर महत्वपूर्ण योगदान पुर्‍याइनु हुने संस्थाका १०० भन्दा बढी पूर्व तथा वर्तमान पदाधिकारीलाई सम्मान पत्रले सम्मान गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चन्डीराज ढकालले संघले उद्योगी र व्यवसायीको हकहितमा रहेर काम गर्दै आइरहेको बताए।

कार्यक्रम शुरु हुनुपूर्व मंगलबार बिहान झाँकीसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव यादवसिंह कार्कीले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?