+
+

कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहा कांग्रेसमा कुटाकुट

झपडपमा क्षेत्रीय सभापति सहित १० जना घाइते

डि.के. सिंह डि.के. सिंह
२०७४ भदौ २१ गते १३:१५

२१ भदौ, सिरहा । उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो ।

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए ।

कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् ।

सिरहा नगरपालिका पूर्वउपमेयर एवं जिल्ला सचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दाबी गर्दै आएका थिए ।

सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा. सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो ।

तर, डा. सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै कुटपिटमा उत्रिए ।

जिल्ला अध्यक्ष समेत रहेका सभासद रामचन्द्र यादवमाथि कुटपिट भएपछि उपेन्द्र समूहले प्रतिवादमा उत्रिँदा पार्टी कार्यालय रणभूमिमा परीणत भएको थियो । प्रहरीले रडका साथै खुकुरी पनि बरामद गरेको छ ।

यो पनि पढ्नुस्

आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस सांसद यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?