+
+

मोदीले भेटे पाकिस्तानी मुलका गायकलाई

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते २१:००

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी मुलका गायक अदनान सामीको परिवारलाई भेटेका छन् । प्रधानमन्त्री मोदीले अदनानकी छोरी मदीनाको न्यानो स्वागत गरेका थिए ।

अदनान र उनको परिवारले प्रधानमन्त्री मोदीसँग लगभग ४० मिनेट भेटघाट गरेको थियो । ‘छोरीसहित प्रधानमन्त्री मोदीसँग भेट्न पाइयो । मेरो र श्रीमतीका लागि यो निकै भावुक क्षण हो,’ अदनानले भनेका छन् ।

भारतीय शास्त्रीय संगीत एवं पश्चिमा संगीतबाट प्रशिक्षित अदनान पियानो वादनमा जादुमय प्रस्तुती दिन सक्षम छन् । ‘कभि तो नजर मिलाओ…’, तेरा चेहरा…लगायतका उनका गीत चर्चित छन् । त्यसो त उनले केही चर्चित हिन्दी गीत पनि गाएका छन् ।

सन् २०१६ मा अदनानलाई भारत सरकारले नागरिकता प्रदान गरेको थियो । अदनानलाई नागरिकता दिएको विषयमा पाकिस्तानी मिडियाले उनको ब्यापक आलोचना गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?