+
+

बालक हत्याको घटनाले कन्चनपुरमा तनाव, स्थिति नियन्त्रणमा लिन अँश्रु ग्यास प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३० गते १४:१६
तिलक चन्द

३०भदाै, कन्चनपुर । १३ वर्षीय बालक तिलक चन्दको हत्या भएको घटनाले कन्चनपुर शुक्रबार तनावग्रस्त भएको छ ।

भिमदत्त नगरपालिका-७ हल्दुखालका चन्दको हत्या गर्ने आशिष अधिकारिको गोठमा आगजनी भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ ।

हत्या गरिएका बालकका आफन्तको आक्रोशित भिडले अधिकारीको गोठसँगै घरमा समेत आगजनी गर्ने प्रयास गरेका थिए ।

आगजनीबाट गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कन्चनपरले जानकारी दिएको छ ।

प्रहरीमाथी नै ढुङगामुढा प्रहार भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले ७ सेल अँश्रुग्यास हानेको छ । हत्या गरिएका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।

हत्यामा संलग्न भएका उनका साथिहरू आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालार्इ प्रहरीले पक्राउ गरिसकेको छ ।

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?