कपाल किन सुख्खा हुन्छ, किन रुखो हुन्छ, किन चाया पर्छ, किन र्झछ ? अक्सर स्वस्थ्य र सन्तुलित खानपान नगर्ने, रसायनयुक्त हेयर प्रोडक्ट प्रयोग गर्ने र सहि तरिकाले कपालको हेरचाह नगर्नु नै यसको मूल कारण हो । कतिपय अवस्थामा हामीलाई थाहा हुन्न कि, हाम्रो कपाल स्वस्थ्य छ वा छैन । यी सात संकेत जसले बताउँछ, कपालको अवस्था ।
१. यदि हरेक महिना १ देखि १ दशमलव २५ सेन्टिमिटरसम्म कपाल बढ्छ भने, त्यो कपाल स्वस्थ्य मानिन्छ ।
२. यदि कपाल लचिलो अर्थात फेक्सिबिलिटी छ भने त्यो स्वस्थ्य कपालको संकेत हो । यस्तो कपाल मोड्दा टुट्दैन । खुला छाड्दा स्वतः स्ट्रेट हुन्छ ।
३. यदि कपाल नरम र चम्किलो छ भने, त्यो स्वस्थ्य हो । कपालमा पर्याप्त मात्रामा आवश्यक न्युट्रिएन्ट्स जस्तो प्रोटिन, क्याल्सियम, आइरन मिल्यो भने नरमपन आउँछ ।
४. यदि कपाल चम्किलो छ भने, त्यो स्वस्थ्य कपालको संकेत हो । आवश्यक न्युटि्रएन्ट्स प्राप्त भयो भने कपाल चम्किलो हुन्छ ।
५. कपालमा प्राकृतिक चिल्लोपना हुन्छ । यदि त्यस्तो छ भने, त्यो कपाल स्वस्थ्य मानिन्छ । कपाल ओसिलो, नरम छ भने त्यो राम्ररी बढ्छ ।
६. चायाको कारण कपाल झर्ने र सुख्खा हुने समस्या हुन्छ । यदि कपालमा चाया छैन भने, त्यसले पनि स्वस्थ्य कपाल हो भन्ने प्रष्ट हुन्छ ।
७. एक दिनमा ५० वा ७० भन्दा कम कपाल र्झछ भने चाडै नै उत्तिनै कपाल उम्रिन्छ । यदि यसरी स्वभाविक कपाल उम्रिएको अवस्थामा त्यसलाई स्वस्थ्य केस मानिन्छ ।
कपाललाई स्वस्थ्य राख्ने घरेलु काइदा
बजारमा पाइने रसायनयुक्त हेयर प्रोडक्टले दीर्घकालिन रुपमा कपाललाई हानी पुर्याउन सक्छ । त्यसैले संभव भएसम्म घरेलु सौन्दर्य प्रसाधन प्रयोग गरौं, जो हाम्रो घर-भान्सामा सजिलै पाउन सकिन्छ । यस्ता प्रसाधनले कुनै साइड इफेक्ट गर्दैन ।
घिउकुमारी- घिउकुमारी बहुउपयोगी बनस्पती हो, जसमा औषधिय गुण हुन्छ । अनुहार चम्किलो र मुलायम बनाउनदेखि कपालको सौन्दर्य कायम राख्नसमेत यो निकै उपयोगी हुन्छ । घिउकुमारीले कपाललाई बलियो र स्वस्थ्य राख्न सहयोग गर्छ । साथसाथै कपाल झर्ने, टुक्रिने, चाया पर्ने र हाँगा पलाउने समस्याबाट पनि छुटकारा दिन्छ ।
यसका लागि हरेक दिन घिउकुमारीको जेल लगाइरहनु परेन । हप्तामा एक पटक प्रयोग गरे पुग्छ । राती सुत्नुअघि घिउकुमारीको गुदी निकालेर त्यसलाई लगाउनुपर्छ र बिहान उठेपछि त्यसलाई सफा पानीले धुनुपर्छ ।
तेल मसाज – कपाललाई नरम बनाइराख्न एवं रुखो हुन नदिन तेलले मसाज गर्नुपर्छ । यसका लागि नरिवल तेल, ओलिभ आयल, तोरीको तेललाई मिश्रण गर्न सकिन्छ । त्यसमा प्याजको रस पनि लगाउन सकिन्छ । यस किसिमको मिश्रणले राम्ररी मसाज गरिसकेपछि आधा घण्टापछि सफा पानीले नुहाउनुपर्छ ।
जुरो बनाउने वा चिसो कपाल गुम्साएर राख्नु हानिकारक
अक्सर कामकाजी महिलाहरु छिटो र छरितोका लागि कपाललाई जुरो बनाउँछन् । तर, यसरी दिनभर जुरो बनाएर रबर ब्यान्डले बाँध्नु राम्रो होइन । यसले कपाल झर्ने समस्या दोब्बर बनाउँछ । हालै भएको एक अध्ययनले यसै भन्छ ।
कपाललाई एकमुष्ठ पारेर कसिलो ढंगले बाँधेर राख्दा कपाल झर्ने समस्या बढ्छ । यसले कपालको जरालाई कमजोर बनाउँछ । कपाललाई इलाष्टिकले बाँधेर राख्दा टुट्ने, टुक्रिने भय रहन्छ ।
कसरी बचाउँने त ?
– कपाललाई कसिलो ढंगले नबाँध्ने । बाँध्नका लागि कुनै धातुको प्रयोग नगर्ने । त्यसको बिकल्पमा स्कार्फ सबैभन्दा उपयोगी हो ।
– कपाललाई मोडेर हल्का जुरो बनाउन सकिन्छ । कपाललाई खुला राख्नु राम्रो हो ।
– यदि कपाल चिसो वा ओसिलो छ भने बाँध्नु हुँदैन । चिसो, भिजेको कपालमा इलाष्टिक ब्यान्ड प्रयोग गरियो भने कपाल टुट्ने भय हुन्छ ।
– संभव भएसम्म कपाललाई खुला छाड्नुपर्छ ।
प्रतिक्रिया 4